‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन: प्रधानमन्त्री (भिडिओ) – Nepal Press

‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन: प्रधानमन्त्री (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् ।

उनले भने, ‘विपक्षमा रहिरहेका साथीहरु एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी । एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले गाएको सुन्छु–ढल्यो ढल्यो ढल्यो।।। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो ।।।।।।। यो गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् ।’

साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए । उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर