मावलीमा बस्दै आएकी किशोरीको शव करेसाबारीमा, हजुरबुवा नियन्त्रणमा – Nepal Press

मावलीमा बस्दै आएकी किशोरीको शव करेसाबारीमा, हजुरबुवा नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिका– ५ मा १४ वर्षीया बालिकाको शव फेला परेको छ ।

बारीमा गाडेको अवस्थामा १४ वर्षीय चाँदनी यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । मृतक बालिकाको घर भनेर भारतको छप्राह जिल्ला हो । उनी मावलीमा बस्दै आएकी थिइन् ।

मावलमा बस्दै आएकी चाँदनी १५ दिनदेखि देखिएकी थिइनन् । बारीमा शव गाडेको अवस्थामा फेला परेकाले प्रारम्भिक अनुसन्धान थालिएको  प्रवक्ता जाेशीले बताए ।

उनले भने, ‘हत्या गरेर शव गाडेको हुन सक्छ । अहिले नै यसै हो भन्न सक्ने अवस्था छैन ।’

जोशीले विराटनगर ५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए ।

उनका अनुसार एक हप्ताअघि हत्यापछि बालिकाको शव गाडेको जस्तो देखिन्छ । शव गाडेको स्थानलाई तोरीको जट्टेले छोपिएको अवस्थामा फेला परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर