सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप (भिडिओ) – Nepal Press

सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप (भिडिओ)

काठमाडौ‌ ।  जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त राउतले संसद्को हिउँदे अधिवेशनलाई बढीभन्दा बढी प्रभावकारी बनाउने र अधिकतम कानुन निर्माणमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अध्यक्ष राउतले सरकारले लामो समय संसद् बन्धक बनाएको आरोप लगाउँँदै सञ्चालन भएको बेला बढीभन्दा बढी काम गर्न सक्नुपर्ने बताए।

‘संसद्को साँचो सरकारसँग भएकाले लामो समय बन्धक भयो । ढिलै भए पनि हामीले जनताका कुरा संसद्मा राख्न पाएका छौँ । अधिकतम ऐन कानुन यो संसद्बाट पारित गरौँ’, उनले भने ।

सुशासन र लगानी प्रवद्र्धनका लागि आएका अध्यादेश स्वागतयोग्य रहेका उनले बताए । अध्यादेशमार्फत सूचना प्रविधिका क्षेत्रमा काम गरिरहेका कम्पनीहरुलाई सहजीकरण गर्नसक्ने व्यवस्था सकारात्मक रहेको अध्यक्ष राउतको भनाइ थियो ।

भूमिहीनलाई व्यवस्थापन गर्ने विषय राम्रो भएको उनले बताए । “वास्तविक भूमिहीन पहिचान गरेर जग्गा वितरण गर्नुपर्छ”, उनले भने ।

 


प्रतिक्रिया

One thought on “सरकारले लामो समय संसद् बन्धक बनाएको सिके राउतको आरोप (भिडिओ)

  1. यिनको प्रतिक्रिया राम्रो छ । तर रौतहटको तस्करहरूको नाईके छ एकजना । त्यसको काम नै ओलिको विरोध गर्ने बाहेक अरू केही छैन । त्यसलाई उसको मालिकले लगाएको काम नै त्यही हो । त्यति बोलेपछि त्यो दलालले मालिकबाट तनखा पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर