सरकारले जारी गरेका ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेस


काठमाडौं । सरकारले जारी गरेका ६ वटा अध्यादेश प्रतिनिधिसभामा पेश भएका छन् । शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ उपप्रधान एवम अर्थमन्त्री विष्णु पौडेलले पेस गरेका हुन् ।
उपप्रधान एवम अर्थमनत्री पौडेलले नै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।
यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुव्वा गुरुङले सुशासन प्रवर्धन सम्बन्धी अध्यादेश पेस गरेका छन् । संसद्को अधिवेशन अन्त्य भएका बेला सरकारले ल्याएका अध्यादेश संसद् बैठक बसेको पहिलो दिन शुक्रबार पेस भएका हुन् । ती अध्यादेश ६० दिनभित्र संसदमा पेश नभएका स्वत निश्क्रिय हुने कानूनी व्यवस्था रहेको छ ।
अब २४ गते पास गरिदेउ टण्टै साफ ।अराजक भाडाका टट्टुहरू अनि विचलित भएर बरबराउन थाल्छन् ।