सामाजिक संजाल एक्समा गोल्ड टीक पाउने पहिलो मिडिया बन्यो नेपाल प्रेस, यस्तो छ अन्तर्राष्ट्रिय प्रावधान – Nepal Press

सामाजिक संजाल एक्समा गोल्ड टीक पाउने पहिलो मिडिया बन्यो नेपाल प्रेस, यस्तो छ अन्तर्राष्ट्रिय प्रावधान

काठमाडौं । एलन मस्कको स्वामित्व भएको सामाजिक सन्जाल एक्समा नेपाल प्रेसको खाता गोल्ड टीकमा बढुवा भएको छ । यही कुरालाई लिएर सामाजिक सन्जाल प्रयोगकर्ता राजन दादाले लेखेका छन्, ‘ओहो नेपालप्रेसको पहेँलो टिको!😋

नेपाली समाचार पोर्टलहरुमा गोल्ड टीक पाउने प्रथम मिडिया नेपाल प्रेस भएको छ । एक्सको सार्वजनिक सूचनाअनुसार एस्कमा तीन खाले टीक हुन्छन । एक ब्लू । दुई गोल्ड । तीन ग्रे । सामाजिक सन्जाल एक्सका पैसा तिरेर बनेका अकाउन्टले ब्लू टीक पाउने गर्छन । फेक आइडी वा प्यारोडी आइडीले पनि ब्लू टीक पाउने गरेका छन् ।

गोल्ड टीक पाउन पैसा तिरेर मात्र हुन्न । एक्सले मान्यता दिएको औपचारिक संस्था पनि हुनुपर्छ । ब्लू टीकको खाता बृत्त आकारको हुन्छ भने गोल्ड टीकको चारपाटे हुन्छ ।

यस्तै ग्रे टीक चै सरकारी कार्यालयका खातामा हुने एक्सले जानकारी दिएको छ ।

रुसी फौजमा नेपालीको भर्ती भएको समाचारको ग्लोबल ब्रेक गरेको नेपाल प्रेस त्यही समाचारबाट विश्वभरका धेरै मिडियामा कोट गरिएको थियो । नेपाल प्रेसका अरु समाग्री पनि विश्व मिडियामा हाइपर लिङ्क गरिएका छन् । एक्सको औपचारिक गोल्ड टीक मान्यता पाउने प्रथम नेपाली मिडिया हुनुमा यसको पनि एक भुमिका हुनसक्ने प्रधान सम्पादक मातृका पौडेलले बताए ।

उनले भने, ‘एक्सको आधिकारिक पोर्टल अनुसार एक्सले आधिकारिक अर्गनाइजेसन मानेको अकाउन्टलाई गोल्ड टीक दिइने रहेछ । यो पाउनु सबै सहकर्मीको योगदानको योगफल हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *