भुक्तभोगीको स्मरणमा सङ्ग्रहित ‘वामदेव प्रवृत्ति’का केही रोचक किस्सा

दुई दशक अगाडि वामदेवसँग पहिलो पटक एक बैठकमा भेट भएको थियो । बैठकमा प्रसङ्ग चल्यो, दोलखाको एक जलविद्युत् आयोजनाले स्थानीय समुदायलाई पारेको असरको बारेमा । वामदेवबाट प्वाक्क आवाज आयो- ‘भनेको मान्दैन भने फुटाइदिनु पर्छ’ । म छक्कै परें । अनि मनमनै सोचें- वामदेव हैन ‘बमदेव’ । यो छलफलको प्रसङ्ग नेकपा एमालेको केन्द्रीय सामुदायिक वन फ्र्याक्सनको बैठकमा आएको थियो ।
नेकपा एमालेमा अहिले वन तथा वातावरण विभाग छ । त्यो बेलामा सामुदायिक वनको चाहिँ फ्र्याक्सनमात्रै थियो । वामदेव गौतम इञ्चार्ज हुनुहुन्थ्यो, सचिव हुनुहुन्थ्यो आनन्द पोख्रेल, सामुदायिक वनसम्बन्धी काम गर्ने नेटवर्क भएका केही संस्थाहरुका तत्कालीन अध्यक्षहरु हामी सदस्य थियौं । फेकोफनबाट घनश्याम पाण्डे, वन सरोकार समूहबाट खेमराज पराजुली र कफ्सन नेपालबाट म आफैं सदस्य थियौं । अरु एक जना पनि हुनुहुन्थ्यो जस्तो लाग्छ, तर याद भएन । सानो टीम थियो । वामदेव, त्यो बेला अखिल नेपाल किसान महासंघको अध्यक्ष हुनुहुन्थ्यो । बल्खुको चोकैमा महासंघको कार्यालय थियो । बैठक त्यही बस्थ्यौं । वनका सवालमा व्यापक छलफल हुन्थ्यो । देखापरेका सवालमा हामी कुरा राख्थ्यौं । सवाल सम्बोधनमा पार्टीले र अभियानले खेल्नुपर्ने भूमिकासहितको रणनीति बनाउने गरिन्थ्यो । बेलाबेलामा वामदेवका विचार सुन्दा अचम्म लाग्थ्यो । जोशिलो पनि लाग्थ्यो ।
बैठकमा वामदेव बोलिरहँदा मेरो मन पनि बेलाबेलामा बोलिरहन्थ्यो । २०५४ सालतिर तपाईंले उपट्याङ गरी पार्टी नफुटाएको भए २०५६ सालमा नै नेकपा एमालेको बहुमत आउँथ्यो । अहिले राज्यले यसोउसो गर्यो भनेर गुनासा गर्ने ठाउँमा हैन, तपाईं सम्बोधन गर्ने ठाउँमा हुनुहुन्थ्यो नि ! तपाईंले नै बिगारेको त हो नि भन्ने लाग्थ्यो । त्यो कुरा राख्ने आँट मसँग कहाँ थियो र, तर उनको आँटिलो र जोश भर्ने अभिव्यक्तिको चाहिँ म फ्यान नै थिएँ ।
खर्चको विषयमा प्रश्न उठे । जुन स्वाभाविक थियो । कोषाध्यक्ष को थियो, याद भएन । उत्तर दिन अध्यक्ष वामदेव नै उठ्नुभयो र भन्नुभयो- ‘पैसा आयो खर्च भयो, सकियो, के चाहियो तपाईंलाई ।’ कसैले बोल्ने आँटै गरेनन् । मेरो मनमा चाहिँ ‘हैट’ मात्रै आयो ।
त्यसको केही वर्षपछि अखिल नेपाल किसान महासंघको महाधिवेशनमा म पनि प्रतिनिधि भएँ । महाधिवेशनमा आर्थिक प्रतिवेदन प्रस्तुत भयो । खर्चको विषयमा प्रश्न उठे । जुन स्वाभाविक थियो । कोषाध्यक्ष को थियो, याद भएन । उत्तर दिन अध्यक्ष वामदेव नै उठ्नुभयो र भन्नुभयो- ‘पैसा आयो खर्च भयो, सकियो, के चाहियो तपाईंलाई ।’ कसैले बोल्ने आँटै गरेनन् । मेरो मनमा चाहिँ ‘हैट’ मात्रै आयो ।
प्रस्ट बोल्ने, तर उछिन्न खोज्ने महत्वाकांक्षी
मनमा लागेपछि गर्नुपर्ने, तर अधीर नेता हुन् वामदेव । २०५१ सालमा एमालेको सरकार बनेपछि विधानमै नभएको उपमहासचिव पद सिर्जना गरेर पार्टीको सञ्चालनको जिम्मेवारी पाए । तत्कालीन अध्यक्ष र महासचिव सरकारमा प्रम र उपप्रम भएकाले वामदेवलाई त्यो भूमिका दिइयो । महत्वाकांक्षा बढ्यो । ९ महिनामा सरकार ढल्यो । तत्कालीन महासचिव माधव नेपालले यथावत काम गर्न थालेपछि वामदेवलाई महत्वाकांक्षी झोक चल्यो । सबैलाई उछिन्न खोजे ।
२०५४ सालको स्थानीय निकायको निर्वाचनको बेलामा लोकेन्द्रबहादुर चन्दको सरकारमा उपप्रधान तथा गृहमन्त्री चलाउने मौका पाए । प्रशासनलाई राम्रैसँग हाँक्न सके । २०५१ सालको मनमोहन अधिकारीको अल्पमतको सरकारको गतिविधिका कारण नेकपा एमालेको देशव्यापी लहर चलेको थियो । त्यसमा गृहमन्त्रीको भूमिका पनि पक्कै रह्यो । देशव्यापी रुपमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भए । तत्कालीन स्थानीय निकाय एमालेको पोल्टामा गयो । वामदेवको महत्वाकांक्षा झन् बढ्यो । मैले गरेर यो उपलब्धि हासिल भयो भन्ने लागेछ क्यार ! पार्टी नेतासँग असहमति राख्दै नेकपा माले पार्टी बनाए । स्थानीय निकायमा चुनाव जितेका सबै माले वा वामदेवतिर लाग्छन् भन्ने आशा थियो होला, तर त्यस्तो के हुन्थ्यो र ? संस्थापन पक्ष भनेको सशक्त नै हुने गर्छ । फुटेर जानेतिर कति नै लाग्थे र ? त्यो बेलामा पनि त्यस्तै भयो ।
२०५१ सालमा एमालेको सरकार बनेपछि विधानमै नभएको उपमहासचिव पद सिर्जना गरेर पार्टीको सञ्चालनको जिम्मेवारी पाए । तत्कालीन अध्यक्ष र महासचिव सरकारमा प्रम र उपप्रम भएकाले वामदेवलाई त्यो भूमिका दिइयो । महत्वाकांक्षा बढ्यो ।
लहडी, तर आँटिला
२०५४ सालमा नेकपा एमाले फुटाएर नेकपा माले बनाए । त्यो पार्टीले गति लिन सकेन । फेरि एमालेमा विलाए । पार्टी एकीकरणको शब्दावली सुहाउँदैन । वामदेवले आफ्नो पद र भूमिकालाई सुरक्षित गराए, तर आफूले नेतृत्व गरेको पार्टी संरचनागत एकीकरणका लागि केही पहल गरेनन् । फलतः जिल्लामा रहेका नेताहरुको बेहाल नै भयो । एकीकरण भएको भए त जिल्लास्तरका संरचना पनि संस्थागत प्रतिनिधित्वको सुनिश्चिता गरिनुपर्ने थियो । माले पार्टी बनाएर गएका नेता तथा कार्यकर्ता विगतमा एमालेका नेता नै थिए । वामदेव एमालेमा फर्कंदा उनीसँगै आएका केही नेताहरुहरुमध्ये धेरैलाई दोस्रो वर्गको कार्यकर्ता जस्तो व्यवहार भएको थियो । त्यो धङ्गधङ्गी अझै पनि कतैकतै बाँकी नै देखिन्छ । यस्तो हुनुको प्रमुख जिम्मेवारी वामदेवलाई जान्छ ।
पार्टी फुटाउने बहाना महाकाली सन्धि थियो । सोचे जस्तो के हुन्थ्यो र ? २०५६ सालको आमनिर्वाचनमा शून्य सीटमा नै चित्त बुझाउनुप¥यो । वामदेव केही वर्षमा नै एमालेमा फिर्ता भए । उनीमात्रै फिर्ता भए भन्दा पनि हुन्छ । मालेतिर लागेकाहरु वामदेवसँगै एमालेमा आएनन् । उनले ल्याउने कोसिस तथा जोड बल पनि खासै गरेनन् । उनले एकीकरण गराउन नै चाहेको भए सबै तहका कमिटीहरु एकीकरण गराउने कोसिस गर्नसक्थ्ये । वामदेवले बेवास्ता गरेकाले मालेतिर लागेका धेरै नेता तथा कार्यकर्ता माओवादीतिर छिरे । माओवादी हिंसात्मक आन्दोलनलाई मलजल गर्न वामदेवको पनि योगदान छ भन्दा आरोप लगाएकोमात्र मानिन्न ।
बबई सिंचाइ योजना निर्माणमा श्रमदानयुक्त अभियान पनि चलाए । दाङदेखिका मानिसलाई यो अभियानमा सामेल गराउन सफल भए । उनको मनमा लागेपछि गरिहाल्ने, तर लहडी बानी अहिलेसम्म गएको रहेनछ । नेकपा एमालेमा आएपछि पनि माओवादीसँग वार्ता गर्ने जस्ता कुरामा लागे । विभिन्न बेलामा सत्तामा पुगे । पार्टी उपाध्यक्ष भए । उपप्रधानमन्त्री पटकपटक भए । गृहमन्त्री चलाए । उनीमाथि आरोपको श्रृङ्खला नै बन्यो । त्यसमा उनले खासै पर्वाह गरेनन् ।
२०५४ सालमा नेकपा एमाले फुटाएर नेकपा माले बनाए । त्यो पार्टीले गति लिन सकेन । फेरि एमालेमा विलाए । पार्टी एकीकरणको शब्दावली सुहाउँदैन । वामदेवले आफ्नो पद र भूमिकालाई सुरक्षित गराए, तर आफूले नेतृत्व गरेको पार्टी संरचनागत एकीकरणका लागि केही पहल गरेनन् ।
२०७४ को आमनिर्वाचनमा चुनाव हारे । हराउन भूमिका खेलेको भनी भाँडभैलो मच्चाए । उनको प्रधानमन्त्री हुने महत्वाकांक्षामा बे्रक लाग्योे । एक सांसदलाई राजीनामा गर्न लगाएर पुनः निर्वाचन गरेर पनि प्रतिनिधिसभामा छिर्ने दाउपेच पनि चलाए । त्यो अस्त्र पनि काम लागेन । राष्ट्रियसभामा जाने, तर संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था पनि राख्न खोजे, तर त्यो पनि सफल भएन । यद्यपि उनी राष्ट्रियसभामा पुगे ।
नेकपा बनेको केही समयमा नै अनेक उतारचढाव भए । त्यो बेलामा वामदेवको भूमिका अनुमान गर्नसक्ने खालको देखिएन । फुटाउनमा नै मलजल गरेको भान हुन्थ्यो । माओवादी र एमाले अलगअलग भए । एमालेबाट चोइटिएर नेकपा एकीकृत समाजवादी बन्यो, तर वामदेव त्यतातिर पनि लागेनन् । सबै कम्युनिष्टहरु एकीकरण गर्ने अभियान पनि घोषणा गरे, तर त्यो पनि पारा आएन । त्यसपछिका दिनमा शान्त देखिएका थिए । उनको चर्चा खासै थिएन ।
दोकला प्रवृत्तिविनाका वामदेवको चाहना
अहिले फेरि नेकपा एमालेमा वामदेव आउने चर्चा चल्यो । फेरि सेलायो । वामदेव पेन्डुलम भए भन्ने चर्चा पनि उत्तिकै चलेको छ ।
वामदेव, नेकपा एमालेमा प्रवेश गर्ने पक्का जस्तै भएको चर्चा भएको थियो, तर त्यतिबेला उनी एमाले र समाजवादी दुवैसँग एकै पटक वार्ता गर्दै रहेछन् । उनको अभियानमा लागेका अरुलाई कता जान मन लाग्छ, जाऊसमेत भनेका रहेछन् । वामदेवको अभियानमा जोडिएका अरु केही नेताहरु माओवादीसँग वार्ता गर्दै थिए । के पारा होला ? यतिबेला वामदेव गौतम नेतामात्र नभएर ‘वामदेव प्रवृत्ति’ उपमा पाएको अवस्था छ । त्यसैले हक्की तथा आँटिला वामदेव नेकपा एमालेमा आऊन्, तर अधीर, लहडी र दोकला प्रवृत्ति चाहिँ उतैकतै छाडेर आइदिए हुन्थ्यो ।
राम्रो तर अपुरो लेख । वामदेव र सुन तस्करी, वामदेव र प्रहरीमा भएको चलखेल, वामदेव र गुटीयारको शैलीको, बामदेव र नयाँ कृषि अभियान सहकारीको बारेमा थाहा नपाएर छुटाउनु भो कि मेसो पाउनु भएन ? केही जानकारीहरु मसंग छन् ।