त्रिभुवन विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १६ घण्टा सञ्चालनमा आउने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार आजदेखि बिहान ७ बजे खुलेर राति ११ बजेसम्म सञ्चालनमा हुनेछ ।
गत कार्तिक २३ गतेदेखि विमानस्थलको स्तरोन्नतिका लागि दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम सुरु गरिएको थियो । स्तरोन्नतिका क्रममा राति १०ः०० देखि बिहान ८ः०० बजेसम्मका सबै उडान कटौती भएको थियो ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गरिएको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठ जानकारी दिए ।