कञ्चनपुरमा कांग्रेसका नगर सभापति सडकमै मृत भेटिए – Nepal Press

कञ्चनपुरमा कांग्रेसका नगर सभापति सडकमै मृत भेटिए

कैलाली । कञ्चनपुरमा नेपाली का‌ंग्रेसका नगर सभापति मृत अवस्थामा फेला परेका छन्।

भीमदत्त नगरपालिका सभापति अच्युत कलौनीको मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्द, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज जोशी लगायतको टोली घटनास्थलमा पुगिसकेको छ । उनीहरुले घटनाबारे विभिन्न कोषबाट अनुसन्धान सुरु गरेका छन् ।

तालिमप्राप्त कुकुर पनि पुग्दै गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले अहिले शव भेटिएको बताउँदै थप तथ्य अनुसन्धानपछि मात्रै भन्न सकिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *