नेपालमा अब कम्युनिज्म र क्यापिटालिज्मको औचित्य छैनः राजेन्द्र महतो


काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपालको वर्तमान शासन सत्ता एकल नश्लीय चिन्तनबाट चलेकाले त्यसलाई बदल्न बहुल राष्ट्रिय राज्यको स्थापना गर्न आवश्यक भएको बताएका छन् ।
काठमाडौंको कृष्णभोग पार्टी प्यालेसमा पार्टीको भेलालाई सम्बोधन गर्दै महतोले युवाहरु अब विदेश जाने होइन, देशमै स्वरोजगारमा लाग्नुपर्ने र स्वदेशी उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनले भने, ‘यो देशमा अब कम्युनिज्म र क्यापिटालिज्मको औचित्य छैन । अब हामी सबै स्वदेशवादी विचारधारामा लाग्नुपर्छ ।’
भेलामा अध्यक्ष महतोले सिवेन्द्र यादव, तालिम अख्तर, आकाश साह, देवेन्द्र न्यौपानेको अगुवाइमा सयौं जना नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् ।