कांग्रेस र एमालेलाई देवेन्द्र पौडेलको चुनौती- सके २०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला (भिडिओ) – Nepal Press

कांग्रेस र एमालेलाई देवेन्द्र पौडेलको चुनौती- सके २०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले आफूहरु अहिले सरकार ढाल्ने खेलमा नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लवको साक्षात्कार कार्यक्रममा बोल्दै उनले कांग्रेस नेताहरुसँग अनौपचारिक छलफल भएपछि सरकार ढाल्ने विषयलाई लिएर अहिलेसम्म कुनै कुराकानी नभएको बताए ।

उनले भने, ‘हामी अहिले सरकार ढाल्ने खेलमा छैनौं । उहाँलाई शुभकामना छ, मिलेर २०८४ सम्म जानुहोला । सक्नुहुन्छ भने २०८४ को चुनावपछि पनि मिले हामीलाई कुनै आपत्ति छैन ।’

नेता पौडेलले आफूहरुले सरकारको गतल क्रियाकलापको भण्डाफोर गर्ने बताए ।

कांग्रेस नेताहरुसँगको भेटबारे उनले भने, ‘कहीँ विमानस्थलमा भेट भयो होला । संसदमा भेटिन्छ, चिया कफी खाइन्छ, तर अफिसियल रुपमा सरकार ढाल्ने कुनै वार्ता गरेको छैन । त्यस्तो खेलमा छँदा पनि छैनौं । सरकार आफैं ढलेछ भने हामीले त्यसबेला सोचौंला ।’

दुई तिहाइको शक्ति भएको सरकार अध्यादेश ल्याएर ढोकाबाट नभई झ्यालबाट छिर्न खोजेको उनले आरोप लगाए । उनले सरकारले राष्ट्रियसभामा पेश गरेको सामाजिक सञ्जालसम्बन्धी विधेयक पनि पुनर्लेखन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “कांग्रेस र एमालेलाई देवेन्द्र पौडेलको चुनौती- सके २०८४ को चुनावपछि पनि मिलेर देखाउनुहोला (भिडिओ)

  1. काँग्रेससँग मिल्न नपाएर प्रचण्डदेखि तिमी स्वयम् छटपटाईरहेका छौ । फुर्ति लगाउने ? प्रचण्डले अर्को मन्त्रिमण्डल हेरफेरमा मन्त्री बनाईदिउला भनेकाले थुक निलेर बसेका । कति कमाउला भन्ने थियो । सपना उडायो हुरीले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर