जसपा नेपालको बैठक- उपेन्द्र यादवको प्रतिवदेनमाथि छलफल – Nepal Press

जसपा नेपालको बैठक- उपेन्द्र यादवको प्रतिवदेनमाथि छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेण्डामाथि छलफल भएको छ ।

शनिबारको बैठकमा ३४ सदस्यीय कार्यकारिणी समिति सदस्यहरुले अध्यक्षद्वारा प्रस्तुत एजेण्डामाथि आफ्नो धारणा राखेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।

बैठकमा ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजनालगायतका एजेण्डामा छलफल भएको बस्नेतले जानकारी दिए ।

बैठक आइतबारसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर