भूमिहीनलाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी ऐन संशोधन: एमाले सचिव अर्याल (भिडिओ) – Nepal Press

भूमिहीनलाई जमिनको मालिक बनाउन भूमिसम्बन्धी ऐन संशोधन: एमाले सचिव अर्याल (भिडिओ)

काठमाडौं । नेकपा एमालेकी सचिव पद्मा अर्यालले भूमिहीन नागरिकलाई जमिनको मालिक बनाउन अध्यादेशमार्फत भूमिसम्बन्धी ऐन संशोधन गरिएको बताएकी छन् ।

शनिबार रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले भूमिहीन सुकुमबासीहरुलाई भूमिको मालिक छिटोभन्दा छिटो बनाउन सकियोस् भन्ने मनसायका साथ धेरै चिजमा हात नहालिकन कामलाई छिटो-छरितो बनाउने हिसाबले भूमि ऐन संशोधन भएको बताइन् ।

अव्यवस्थित बसोबासीहरुलाई पनि निश्चित रकम लिएर जमिन उपलब्ध गराइने उनको भनाइ छ ।

विदेशी लगानी भित्र्याउन, जनतालाई सरकारबाट प्रदान गरिने सेवाहरु छिटो-छरितो तरिकाले प्रदान गर्न अध्यादेश ल्याइएको उनले बताइन् । सचिव अर्यालले सामाजिक सञ्जाल नियमन विधेयकको सन्दर्भमा आफूहरुको ध्यानाकर्षण भएको बताइन् ।

उक्त विधेयक नियमनको निम्ति बनाइएको र नियन्त्रणका लागि नभएको उनले जिकिर गरिन् । अध्यादेशमार्फत कानून संशोधन भएपछि निजी क्षेत्र र आईटी क्षेत्रका लगानीकर्ताहरु खुसी रहेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर