शेयर बजारमा हरियाली


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार हरियाली छाएको छ । आज नेप्से ६९.८० अंकले बढेर २ हजार ७ सय २७ दशमलव ५८ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा २०२ कम्पनीको शेयरमूल्य बढ्दा ३७ को घटेको छ भने ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा सात कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसका साथै आज तीन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढेका छ ।
सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा आज नकारात्मक सर्किट लागेको छ । आज एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ४१ करोड ९७ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।