नेपालमा इन्टरनेट डाउन, यस्तो छ कारण – Nepal Press

नेपालमा इन्टरनेट डाउन, यस्तो छ कारण

काठमाडौं । नेपालमा इन्टरनेट डाउन भएको छ । करिब आधा घण्टादेखि निकै सुस्त गतिले इन्टरनेट चलेको देशभरबाट अधिकांश प्रयोगकर्ताहरुले रिपोर्ट गरेका छन् ।

भारतबाट आएको एयरटेल (Airtel upstream bandwidth) को फाइबर डाउन भएको कारण अन्तर्राष्ट्रियस्तरमै समस्या आएको बताइएको छ ।

नेपालबाट ब्याण्डविथको भुक्तानीलगायत केही समस्याले नभइ एयरटेलबाट नेपालमा आएको  अपस्ट्रीम ट्राफिकमा समस्या देखिएकाले नेपालमा इन्टरनेटको समस्या देखिएको बताइएको छ ।

नितान्त भारतको एयरटेलको ब्याण्डविथमा भएको डाउनका कारण समस्या आएको नेपालका इन्टरनेट प्रदायकहरुले जनाएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर