कांग्रेस सभापति देउवा सहभागी कार्यक्रमको मञ्चमै उक्लिन मानेनन् प्रदेश मन्त्री रोज राणा ! – Nepal Press

कांग्रेस सभापति देउवा सहभागी कार्यक्रमको मञ्चमै उक्लिन मानेनन् प्रदेश मन्त्री रोज राणा !

दाङ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा अहिले दाङमा छन् । हेलिकप्टरबाट दाङ झरेका देउवा आज अन्तरप्रादेशिक बृहत् थारू सांस्कृतिक कार्यक्रममा सहभागी भए ।

देउवाका विश्वासपात्र मानिने लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीको अग्रसरतामा आयोजित कार्यक्रममा देउवाका अलावा कांग्रेस नेता बालकृष्ण खाण, दीपक गिरीलगायत नेताहरू सहभागी भए । कांग्रेस नेताको भीडमा  लुम्बिनी प्रदेशका शहरी विकासमन्त्री सरोजराज थापा उर्फ रोज राणा पनि सहभागी थिए, तर उनी पार्टी सभापति देउवा रहेको मञ्चमा उक्लिन तयार भएनन् ।

पूर्वमुख्यमन्त्री डिल्ली चौधरीको योजनामा वर्तमान प्रदेशमन्त्री राणालाई पूर्वमन्त्रीभन्दा पछि आसन ग्रहण गर्न बोलाएकाले उनी मञ्च उक्लिन नमानेको एक नेताले बताए ।

उनका अनुसार मन्त्री राणा मञ्चमा आसन ग्रहण नगरी मञ्चको पश्चिमतर्फको चौरमा घाम तापेर बसे । उनलाई स्टेज चढाउन चौधरी मुख्यमन्त्री भएका बेला राजनीतिक सल्लाहकार भएका जानकीलाल बस्नेतले प्रयास गरे, तर राणाले ‘जता बसे पनि एउटै हो’ भन्दै झर्केर फर्काइदिए ।

चौधरी र राना दुवै देउवा निकट नेता हुन्, तर अहिले उनीहरूबीच छत्तीसको आँकडा रहेको उनीहरू निकटस्थहरू बताउँछन् । राणाले आफूलाई हराउन चौधरी लागेको आफू निकटसँग बताउने गरेका छन् ।

सभापति देउवा सहभागी भएकाले प्रदेशमन्त्री राणा बाध्यताले मात्रै कार्यक्रम स्थलमा आएको उनी निकट एक नेताले बताए । ‘डिल्ली र रोज दाइको सम्बन्ध राम्रो छैन्’, ती नेताले भने, ‘कार्यक्रममा रोज दाइको अपमान गरियो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर