प्रचण्डको सचिवालयमा हेरफेर, यस्तो बन्यो हेडक्वाटर टीम


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा हेरफेर गरिएको छ । पछिल्लो माअोवादी केन्द्रीय कमिटी बैठक निर्णय परिपत्र गर्ने क्रममा सचिवालय हेरफेरको जानकारी समेत गराइएको छ।
यसअघि सचिवालयमा रहेका रमेश मल्ल विशेष प्रदेशको सहइञ्चार्जमा सरुवा भएका छन् । उनको ठाउँमा गोविन्द आचार्यलाई ल्याइएको छ । उनी पत्रकार महासंघ पूर्वअध्यक्ष हुन् । यसअघि प्रचण्डका प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकारको जिम्मेवारी पनि सम्हालेका थिए । अहिले उनलाई सचिवालयको प्रमुखको जिम्मेवारी दिइएको हो ।
यस्तै माओवादीका पूर्व सांसद तथा प्रचण्डको सुरक्षामा खटिएका पूर्वजनमुक्ति सेना सन्तु दरैलाई पनि सचिवालयमा राखिएको छ ।
त्यसैगरी माओवादी केन्द्रीय कमिटी सदस्य तथा दाहालपुत्री गंगा दाहाल पनि सचिवालयमा छिन् ।
त्यसैगरी लामो समय डा. बाबुराम भट्टराईको निकट रहेर जनयुद्धकालदेखि नै हेडक्वार्टरमा काम गरेका विश्वदीप पाण्डेलाई पनि सचिवालयमा राखिएको छ । उनी पछिल्लो पटक नयाँ शक्ति छाडेर माओवादी केन्द्रमा फर्किएका थिए ।
त्यसैगरी प्रचण्ड प्रधानमन्त्री हुँदा नै सचिवालयमा काम गरेका गोकर्ण भट्टलाई पनि सचिवालयमा राखिएको छ ।
एक समूहले टन्न कमायो । अब अर्को लटको लुटने पालो ।
जनमुक्ति सेना रे!
आतंककारी , हत्यारा गुरिल्ला हो!
समय-समयमा हेरफेर प्रचलन हो सुरक्षाको पनि ।