प्रचण्डलाई योगेशको जवाफ- नेपाललाई कुनै विद्रोह आवश्यक छैन, एमालेले संविधान खारेज गर्दैन (भिडिओ) – Nepal Press

प्रचण्डलाई योगेशको जवाफ- नेपाललाई कुनै विद्रोह आवश्यक छैन, एमालेले संविधान खारेज गर्दैन (भिडिओ)

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली संविधान खारेज गर्ने पक्षमा रहेको अभिव्यक्तिको नेकपा एमालेका सचिव योगेश भट्टराईले जवाफ फर्काएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संविधान बनाउने पार्टी भएकाले सुदृढ गर्ने पक्षमा रहेको बताए ।

सोमबार जनकपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले मुलुकमा प्राप्त परिवर्तनका साथै संविधान नै खारेज गर्ने पक्षमा प्रधानमन्त्री ओली रहेको आरोप लगाएका थिए ।

त्यसको जवाफ दिँदै भट्टराईले भने, ‘एमाले र कांग्रेस संविधान खारेज वा च्यात्ने नभई संरक्षण पर्ने पक्षमा छन् । हामी सबै दलको समर्थन जुटाएर २०८४ को निर्वाचनअघि नै संशोधन गर्छौँ । अहिले आन्तरिक गृहकार्य सुरु भइसकेको छ ।’

एमाले सचिवसमेत रहेका सांसद भट्टराईले नेपालमा अब कुनै विद्रोह नचाहिने पनि बताए ।

उनले भने, ‘नेपालका अब कुनै विद्रोह आवश्यक छैन । अब क्रान्ति गर्छु, विद्रोह गर्छु, आन्दोलनमा जान्छु भन्ने कुरा इमोशनल ब्ल्याकमेलिङ हो, त्यसको कुनै अर्थ छैन ।’


प्रतिक्रिया

2 thoughts on “प्रचण्डलाई योगेशको जवाफ- नेपाललाई कुनै विद्रोह आवश्यक छैन, एमालेले संविधान खारेज गर्दैन (भिडिओ)

  1. दिल्लीका खेतालाहरूलाई जवाफ दिएर समय खेर नफालौं योगेशजि ।यसको कामै देशमा अस्थिरता निम्ताउने हो । ५२ सालदेखि यसले त्यसैको खेती गर्दै आएको छ । सत्ताबाट हटनु परेपछि यो विक्षिप्त भएको छ ।

  2. Nepali janata. UML & nepali congrss le maibadi jasto bidesi ko agent dalal neta lai PM banaunu nai big mistakes ho.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर