राप्रपाको आरोप- ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि खुलमखुला हिँड्न पाइन्छ (भिडिओ) – Nepal Press

राप्रपाको आरोप- ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि खुलमखुला हिँड्न पाइन्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता र बालिकालाई घरेलु कामदार बनाइ शोषणा गरेकी लुम्बिनी प्रदेशका सांसद रेखा शर्मालाई उन्मुक्ति दिएकोप्रति आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमाले अध्यक्ष ओली नेतृत्वको सरकार आफ्नालाई जोगाउन केन्द्रित भएको आरोप लगाए ।

उनले भने, ‘कानून दुई वटा बनाउनुस्, एउटा ओली सरकारको कानून, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरे पनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ । अर्को बोलेकै आधारमा कारबाही हुन्छ भन्ने ।’

उनले मानव तस्करीमा जोडिएका एमाले सांसद लीलाबल्लभ अधिकारीलाई पनि उन्मुक्ति दिएकोप्रति आपत्ति जनाए ।

सांसद शाहीले ओली सरकारको ट्याग लाग्नासाथ अदालतभन्दा पनि ठूलो भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर