नेप्सेमा झिनो अंकको सुधार, ८ अर्ब ७१ करोडको कारोबार


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार झिनो अंकको सुधार भएको छ । आज नेप्से १.८६ अंकले बढेर २ हजार ६ सय ८५ दशमलब ७३ विन्दुमा बन्द भएको हो ।
नेप्सेका अनुसार आज ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा १३४ कम्पनीको शेयरमूल्य बढ्दा ९९ को घटेको छ भने ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आजको कारोबारमा दुई कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा उपकार लघुवित्त वित्तीय संस्था र सुपरमादी हाइड्रोपावर कम्पनी रहेका छन् । यी कम्पनीहरूको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
एनआरएन इन्फाइन्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३९ करोड ६० लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।