कर्णालीका केही स्थानीय तहमा फागुन १ गते सार्वजनिक बिदा – Nepal Press

कर्णालीका केही स्थानीय तहमा फागुन १ गते सार्वजनिक बिदा

सुर्खेत । माओवादी जनयुद्ध दिवसको अवसरमा कर्णालीका केही स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जुम्लाको सिंजा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र कालीकोटको पलाता गाउँपालिकाले फागुन १ गते सार्वजनिक विदा दिने भएका छन् ।

सिंजा गाउँपालिकाले कार्यपालिकाको निर्णयअनुसार विदा दिने जानकारी गराएको छ । उता, चौरजहारी नगरपालिकाले जनयुद्धका क्रममा सहादत प्राप्त गरेका ५५ जना योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरक्षेत्रका सबै सरकारी कार्यालय र विद्यालयहरूमा विदा दिने निर्णय गरेको छ ।

यसैगरी, कालीकोटको पलाता गाउँपालिकाले पनि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यस्तै, महावै, शुभकालिका गाउँपालिका र रास्कोट नगरपालिकाले जनयुद्ध दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन् ।

उक्त सार्वजनिक विदालाई सर्वोच्च अदालतले खारेज गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *