सबैला नगरपालिकाले दियो फागुन १ गते सार्वजनिक बिदा

२०८१ माघ ३० गते १९:४८

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले विवादित जनयूद्ध दिवसको अवसरमा फाल्गुन १ गते (भोली) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नगर प्रमुख कारीराम यादवले जनयूद्ध दिवसको अवसरमा फाल्गुन १ गते बिहिबार सार्वजनिक विदा दिएको सूचना जारी गरेका हुन् । माघ २९ को निर्णयअनुसार नगरपालिकामा सार्वजनिक विदा रहने उनले जारी गरेको सूचनामा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगर प्रमुख हुन् यादव । उनी माओवादी नेता मातृका प्रसाद यादवका सहोदर भाई हुन् ।
प्रतिक्रिया
सम्बन्धित खवर