बेलायती मिडियासँग पूर्वभारतीय राजदूत रे भन्छन्- ओलीलाई निम्तो नगर्नु गलत


काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतले निम्तो नदिनु गलत भएको बताएका छन् ।
नेपालमा भारतले नाकाबन्दी लगाएको समयमा राजदूत रहेका तथा ‘काठमाण्डु डिलेमा’ नामक चर्चित पुस्तकका लेखकसमेत रहेका रेले बेलायती अखबार दि इकोनोमिस्टमा बोल्दै यस्तो बताएका हुन् ।
रेले नेपालका सबै दलहरुसँग समान सम्बन्ध बनाउनमा पनि भारत चुकेको बताएका छन् । गत जुलाईमा प्रधानमन्त्री भएका ओलीलाई भारतले निम्तो दिनुपर्नेमा नदिएको रेले बताएका छन् ।
दक्षिण एसियामा भारतभन्दा चीन कसरी बढी सफल भइरहेको छ भन्ने शीर्षकको इकोनोमिस्टको एक ताजा सामग्रीमा रेले यस्तो बताएका हुन् ।
भारतलाई सबै छिमेकीले छोडेका यही स्वभावले गर्दा हो । एउटा सामान्य कुरा नि । आफू ९ महिनामा चीनसँग ११८ अर्बको व्यापार गर्छ । तर नेपालको तामाकोशीको विजुली किन्दिन किनकी त्यसमा चाईनिज ठेकेदार थिए भन्छ । यस्तो निच , घटिया सोच भएको देशको छिमेकी भए पछि नेपालको विकास कसरी हुन्छ ? मलाई त नेपालमा विकास नहुनुको कारण न राजा न नेता हुन् जस्तो लाग्छ । मुख्य कारण त भारत हो जो नेपालमा केही कुराको पनि विकास हुन दिदैन । ओलिले यहि कुरा बुझेर चीनतर्फ पहुँच बढाएका हुन् । त्यो कुरा देख्न नसकेर तिनै भारतले पालेका नोकरहरू ओलिको विरोध गर्छन । जसले ओलिको विरोध गर्छ त्यसले कुनै न कुनै रूपमा दिल्लीको जूठो खाएकै हुनुपर्छ ।
सत्य यहि हो