छिमेकी नआएपछि आफन्तले उठाए मना दमाईको शव, दलितभित्रै पनि विभेद

कैलाली । बैतडीको सिगास गाउँपालिका- १ का शिक्षक प्रकाश दमाईले आफ्नो आमाको मृत्यु हुँदा समयमा मलामी पाएनन् । उनकी ६१ वर्षीया आमा मना दमाईको शनिबार मृत्यु भएको थियो ।
दलित र गैरदलित रहेको उक्त गाउँमा ६५-७० परिवार छन्, तर जातकै कारणा मनाको मलामी हुन कोही मानेनन् । जसले गर्दा शनिबार शव उठेन ।
गैरदलित समुदायले मात्र हाेइन दलित समुदायले पनि जातीय विभेदकाे व्यवहार देखाएका छन् । दलितहरुले अरु सहयोग गरे पनि सबैभन्दा तल्लाे जात भन्दै मलामी गएनन् ।
छिमेकी मलामी नभएपछि आज आफन्तहरूले शव उठाएका छन् । उनको शव अन्तिम संस्कारका लागि ट्याक्टरमा राखेर पाटन नगरपालिका- ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पुर्याइएको छ । शवयात्रामा १९ जना सहभागी थिए । तीमध्ये २-३ जना मात्र गैरदलित हुन् ।
प्रकाश गाउँमा रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन्, तर उनलाई छिमेकी कसैले पत्याएनन् । मनाको मलामीका लागि छिमेकीले साथ नदिएपछि झन्डै अढाई सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र बैतडीकै पाटन- ६ बाट आफन्तहरू पुगेका थिए । उनीहरु पुगेपछि आइतबार शवयात्रा सुरु गरिएको हो ।
आइतबार बिहान ११ बजे शवयात्रा भएको मलामी नरबहादुर साउदले बताए । छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए । आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुई जनामात्र आर्यघाट पुगेको जानकारी दिए ।
‘अहिले दाहसंस्कार भएको छ । मलामी १९ जना थियौं’, उनले भने, ‘आफन्तहरू आउनुभयो अनि आज लास उठ्यो ।’
पुर्ख्यौली मसानघाट पाटनमा उनको दाहसंस्कार गरिएको हो । सिगास नजिकका जीप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शवयात्रा गरिएको स्थानीयले बताएका छन् ।
सिगास- १ का वडा सदस्य धनीराम भट्टले राति १२ बजेसम्म आफू पनि प्रकाशकै घरमा शव कुरेर बसेको बताए ।
गाउँका अधिकांश व्यक्तिहरू रोजगारीका लागि बाहिर रहेको र केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीकाे भनाइ छ । ऐरीका अनुसार स्थानीयले नै शवयात्राका लागि रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।
कहिलेसम्म यस्तो अति रुढीवादी चलन रहेछ, मेरा देशका ठूलाबढा भनाउदा गाउँका मान्यजनहरु?
शरिरमा सिक्री बाँधेको एउटा चुल्ठेले दलितलाई गृहमन्त्रीले हेप्यो भन्दै नौटंकी गरेको सुनिन्थ्यो । आज त दलितले दलितलाई छुवाछुत गरेको सुनियो । अब त्यो चुल्ठे के भन्छ ? सिक्री बाँधेर बैतडीको सिगास त पक्कै जाँदैन होला । डलर खाएर देशमा घृणा फैलाउन हिडेको दलाल किन जान्थ्यो बैतडी ?
दलितका नाममा डलर खानेहरु ! कान खोलेर सुन । समाजमा दलित भनेर हेप्ने तिमेरु नै हो । वाहुन क्षेत्रीले कहिले त्यसो गरेका छैन । डलर खाएर डलरमै सुतेका दलितलाई लाज लाग्नु पर्ने हो !