नेपालमा एमसीसीका सबै परियोजना स्थगित – Nepal Press

नेपालमा एमसीसीका सबै परियोजना स्थगित

काठमाडाैं । अमेरिकी सहायता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)द्वारा नेपालमा सञ्चालित परियाेजनाहरु स्थगित भएका छन् ।

दाेस्राेपटक अमेरिकी राष्ट्रपति भएपछि डाेनाल्ड ट्रम्पले सम्पूर्ण वैदेशिक सहायता ९० दिनसम्मका लागि राेक्ने आदेश दिएका थिए ।

मंगलबार अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै एमसीसी फण्डबाट भुक्तानी भइ सञ्चालन भइरहेका आयाेजनाहरु कार्यकारी आदेशअनुसार राेकिएकाे जनाएकाे हाे ।

यसअघि युएसएडसँग सम्बन्धित परियाेजना पनि स्थगित भइसकेका छन् ।


प्रतिक्रिया

One thought on “नेपालमा एमसीसीका सबै परियोजना स्थगित

  1. अब भाडाका टट्टुहरूले ओलि सरकारलाई मन नपराएर अमेरिकाले सहयोग रोक्यो भन्छन् । त्यसको नेतृत्व प्रचण्डले गर्छन् । अनि पछि लाग्छन दुर्गा प्रसाईं, प्रभू साह, प्रचण्डका पार्टीका भरौटेहरू, ऋषि धमला । अन्त्यमा बालेन साहले पनि एउटा ट्विट त हानि हाल्छन् । भनेपछि यी कसका लागि खेती गरिरहेका रहेछन् भन्ने बुझिहाल्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर