भारतको कुम्भ मेलाको ‘विश्व सम्मेलन’ समारोहमा सहभागी हुँदै देउवा

२०८१ फागुन ८ गते १०:४९

काठमाडौं । आजबाट भारत भ्रमणमा जाने पूर्व प्रधानमन्त्री तथा सत्ताधारी सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारतको कुम्भ मेलामा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।
कुम्भ मेलाको आयोजनामा भएको ‘विश्व सम्मेलन’मा देउवा सहभागी हुने भएका हुन् । देउवाले विकास र दिगोपनाबारेमा मन्तव्य दिने भएका छन् ।
भोली र पर्सि महाकुम्भ मेला आयोजना भएको स्थान प्रयागराजमा आयोजना हुने कार्यक्रमका एक वक्ता देउवा हुने भएका छन् ।
आयोजक इन्डिया फाउन्डेसने सार्वजनिक गरेको जानकारी अनुसार देउवा कार्यक्रमको उद्घाटन सत्रका वक्ता हुनेछन् ।
प्रतिक्रिया
सम्बन्धित खवर