ट्रम्पपछि मस्क र उपराष्ट्रपति जेडी भेन्स पनि खनिए जेलेन्स्कीमाथि, के-के भने ?


काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भेन्स र खर्बपति एलन मस्क दुवैले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको आलोचना गरेका छन् ।
जेडी भेन्सले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गाली गरेर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई कुनै फाइदा नहुने बताएका छन् ।
जेलेन्स्कीले ट्रम्प ‘रुसको मिथ्या सूचनाको अन्तरिक्षमा’ बसेको आरोप बुधवार लाएका थिए । त्यसको प्रतिक्रियामा भेन्सले यस्तो प्रतिक्रिय दिएको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।
यस्तै जेलेन्स्की विरुद्धमा टेस्ला कार, अन्तरिक्ष कम्पनी स्पेस एक्स तथा सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कले पनि विरोध गरेका छन् । मस्कले अमेरिकी पत्रकार गोन्जाले लिराको हत्या गरेको बताएका छन् ।
सन २०२४ जनवरीमा मृत्यु भएका पत्रकारको दोष जेलेन्स्कीलाई लाएका छन् ।
उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘जेलेन्स्कीले अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूति नगरुन्जेल र निर्वाचन रोकिउन्जेल युक्रेनी जनताको प्रतिनिधित्व गर्न सक्दैनन् ।’
मस्कले जेलेन्स्कीले अनावश्यक युद्ध गरेर युक्रेनका धेरै छोराहरू तथा बाबुहरूको हत्या गरेको भन्दै आलोचना गरेका छन् ।
यही आलोचनालाई ट्रम्पले पनि सामाजिक सञ्जाल एक्समा सेयर गरेका छन् ।