यसरी सुरु भयो स्वयम्भू महोत्सव (तस्बिरहरु)

काठमाडौं । पूर्खाको पौरख, नेपाली गौरव भन्ने नाराका साथ स्वयम्भू महोत्सव सुरु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ को आयोजनामा फागुन १० देखि १७ गतेसम्म महोत्सव हुनेछ ।
महोत्सवमा आज विभिन्न बाजागाजा, झाँकी, आफ्नो संस्कृति झल्काउने भेषभुषासहित भुईखेल चौरबाट सुरु भई १५ वडाका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै पुनः स्वयम्भूको भुईखेल चौरमा एक कार्यक्रम भएको हो ।
महोत्सवमा धार्मिक, सांस्कृतिक,सामाजिक संरचना, रीतिथिति, परम्परा,प्राचीन स्मारकको प्रवर्दन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
परम्परागत बाजा, वडाबासीका जन्मदेखि मृत्युसम्मका सम्बन्धित चित्र, संस्कृति र परम्परागत चित्र, वुद्धको जीवनीसँग सम्बन्धित चित्रहरु र मौलिक खानाका स्टल, स्वास्थ्य परीक्षण, महोत्सवको थप आकर्षण रहेको छ । स्वयम्भु महोत्सवमा करिब ६० स्टलहरु रहेको आयोजकले जनाएको छ ।