फेरिँदै पाठकको स्वाद, खुम्चँदै साहित्यको बजार
बुकहिलका प्रकाशक भूपेन्द्र खड्का भन्छन्- साहित्यको बजार कोमामै छ भन्दा हुन्छ

काठमाडौं । पछिल्लो समय नाम चलेका लेखकहरू आख्यानका किताब लिएर पाठकमाझ पुगिरहेका छन् । छुदेन काविमोको ‘उरमाल’, रमेश क्षितिजको ‘एउटा मायी नगरमा’, वसन्त बस्नेत ‘सिमसारा’ सार्वजनिक भइसके । राजन मुकारुङको ‘धावा’ सार्वजनिक हुने तरखरमा छ । सीमा आभासको ‘टापुका स्वरहरू’ रिप्रिन्ट हुँदैछ ।
सुविन भट्टराई आउँदो वर्ष नयाँ किताब लिएर पाठकमाझ आउँदैछन् । कवि श्रवण मुकारुङले समेत उपन्यास लेखिसके । छिट्टै पाठकलाई नयाँ किताबको स्वाद चखाउने तयारीमा छन् अमर न्यौपाने ।
गैरआख्यानमा भेषबहादुर थापाको ‘राष्ट्र परराष्ट्र’, सुधीर शर्माको ‘हिमाल पारीको हुरी’ र ‘भिक्षु व्यापार र विद्रोह’ जस्ता किताबहरू चर्चामा रहे । मोहन मैनालीको ‘मुकाम रणमैदान’ले त अघिल्लो वर्षको मदन पुरस्कार नै जित्यो ।
माहौल हेर्दा नेपाली साहित्यको बजार शानदार र जबरजस्त छ झैँ देखिन्छ । अन्तर्वार्ता, समीक्षा, समाचार बग्रेल्ती छापिएका छन् । सञ्जालमा हल्लाखल्ला उस्तै मात्रामा छ । सञ्जालमा लेखकहरूलाई पछ्याउँदा थाहा हुन्छ, पाठकको प्रतिक्रिया राम्रो आइरहेको छ । किताबहरूले बजार पिटिरहेका छन् ।
किताब यात्राका ऋषिराम अधिकारी भन्छन्, ‘कोभिडले सबै क्षेत्रको व्यापारलाई असर गर्यो । हामीले आर्थिक संकट झेल्यौं । मान्छेको क्रयशक्तिमा कमी आयो । सबैभन्दा पहिले आधारभूत आवश्यकता पूरा गर्नतिर लाग्नुपर्छ । किताबलाई विकल्पको रुपमा लिनुपर्ने अवस्था छ । यी यावत् कारणले बजार क्रमिकरूपमा डाउन हुँदै गइरहेको हो ।’
तर, सञ्जालमा जे जस्तो माहौल देखिए पनि वास्तविकता अलग रहेको बिक्रेताहरूको तीतो अनुभव छ । अहिले अनलाइनमार्फत् अर्डर लिएर पाठकलाई होम डेलिभरी दिइरहेका चल्तीका अधिकांश बिक्रेताहरू निराशजस्तै देखिएका छन् । विशेषगरी नेपाली साहित्यका किताबहरूको बिक्रीको मामलामा उनीहरूको प्रतिक्रिया सकरात्मक देखिँदैन ।
बुकहिल प्रकाशन गृहका प्रकाशक भूपेन्द्र खड्का त हाकाहाकी भन्छन्, ‘बजारमा हाम्रो अस्तित्व छ है भन्नका खातिर मात्रै किताब प्रकाशन गरिरहेका छौं । हिजोको तुलनामा हामी माइनसमा छौं । साहित्यको बजार कोमामै छ भन्दा हुन्छ । पहिले पाँच हजार प्रति किताब छापिन्थ्यो, अहिले हजार प्रति बिक्री हुन पनि गाह्रो छ ।’
पाठकको नजर : साहित्यतिर होइन, जिवनी र उत्प्रेरक किताबतिर
नेपालमा अनलाइनमार्फत् किताब बेच्ने प्लाटफर्महरू थुप्रो छन् । किताब यात्रा, किताब किरो, दराज अनलाइन, थुप्रै डटकम, रिड बुक, आर एण्ड आर बुक्सलगायत प्ल्याटफर्महरूले पाठकलाई अनलाइनमार्फत् किताब बेचिरहेका छन् । प्रकाशन गृह र अन्य पुस्तक पसलहरूले पनि अर्डरअनुसार अनलाइनबाट किताब बेचिरहेका छन् ।
पाठकले अर्डर गरेपछि होम डेलिभरीको व्यवस्था गरिदिन्छन् । काठमाडौंमा मात्रै होइन, काठमाडौं बाहिर जुनसुकै ठाउँमा किताब पुर्याइदिन्छन् । नेपाल बाहिर कुरियरमार्फत् जुनसुकै देशमा किताब पुर्याइदिन्छन् । कुरियर महँगो हुँदा प्रिन्ट अन डिमान्डअन्तर्गत पनि ग्राहकलाई सेवा दिइरहेका छन् ।
प्रिन्ट अन डिमान्ड भन्नाले चाहिँ पाठकले युरोपको कुनै देशबाट किताब अर्डर गरेमा उतै किताब प्रिन्ट गरेर ग्राहकको हातमा पुर्याइदिनु हो । थुप्रै डटकमले यो तरिका अपनाइरहेको छ । थुप्रै डटकमका दिपेश आचार्यका अनुसार यदि अमेरिकाबाट अर्डर आएमा उतै प्रिन्ट भएर, बाइण्डिङ भएर पाठकको ठेगानामा डेलिभरी हुन्छ ।
आचार्यले भने, ‘कुरियरभन्दा केही सस्तो हुन्छ । तर, यता हजारौं कपी एकैपटकमा छापिँदा र उता एक कपीमात्रै छापिँदा उता अलि महँगो चाहिँ पर्छ ।’
थुप्रै डटकमको आफ्नै एप पनि छ, जहाँ ईबुक र अडियो बुक पनि उपलब्ध छन् । अडिओ बुकलाई अझै राम्रो बनाउन कोसिस पनि गरिरहेका छन् । ड्राइभ गर्दै सुन्न, हाइक गर्दै सुन्नलाई सहज होस् भनेर आचार्यको टीमले काम गरिरहेको छ । ई-बुकको बजार राम्रै भए पनि अडिओ बुकमा राम्रोसँग काम गर्न बाँकी रहेको आचार्यको भनाइ छ ।
‘आजमात्रै एउटा स्कुल नजिकको पसलले ६० वटा बालकथा लग्यो । अघिल्लो साता यही संख्यामा लगेको थिये,’ सापकोटाले सुनाए, ‘लोककथाहरू बिक्री हुन्छन् । नैतिक शिक्षाका कथाहरू पनि राम्रो संख्यामा गइरहेका छन् ।’
इबुक र अडिओ बुकमा जे जसरी काम गरिरहे पनि किताबकै बजार चाहिँ खस्कँदै गएको आचार्यको अनुभव छ । लकडाउनको तुलनामा केही सुधार भएजस्तो देखिए पनि साहित्यकै किताबको बजार चाहिँ खस्कँदो रहेको उनी बताउँछन् ।
‘पहिले र अहिले बिक्ने किताबको प्रकार नै बदलिएर गएको छ । नयाँ पुस्ताले नेपालीभन्दा अंग्रेजी किताबहरू ज्यादा रुचाउँछन्,’ ६ वर्षअघि थुप्रै सुरू गरेका आचार्यले भने, ‘हामीले किताब डेलिभरी सुरू गर्दाताका आख्यान र गैरआख्यान किताबहरू बिक्थे । पछिल्लो समय चाहिँ नेपाली आख्यानमा पाठकको रुचि कम देखिन्छ । यसको मूल कारण भनेको क्वालिटीमा समस्या भएर हो कि ! नयाँ प्रयोगहरू नभएर हो कि !’
रिडबुकका सञ्चालक अजितकुमार ठाकुर त सीधै भन्दिन्छन्, ‘बजार पूरै डाउन छ । पहिलाको भन्दा धेरै कम छ । मान्छेहरूमा मानसिक स्थिरता पनि छैन ।’
ठाकुरका अनुसार पाठकले अनलाइनबाट अर्डर गर्छन् । ठाकुरको टीमले किताब डेलिभरी पनि गरिदिन्छ । तर, ठेगानामा पुगेपछि ग्राहकले कहिले पैसा छैन भन्दिन्छन्, कहिले बाहिर छु भन्दिन्छन् ।
‘त्यसरी अर्डर फिर्ता गर्नुपर्दा डेलिभरी चार्ज हामीले तिर्नुपर्छ । किताबबाट कति नै नाफा आउने हो र !,’ चार वर्षको अवधिमा अहिलेसम्म ८ हजारभन्दा बढी कपी किताब बेचिसकेका ठाकुर दुखेसो पोख्छन्, ‘पढ्ने पाठकहरूको जमात विदेशमा छन् । यहाँ भएकाहरूको पनि आर्थिक स्थिरता छैन । किताब पनि महँगा छन् । यस्तो अवस्थाले गर्दा पनि साहित्यका किताबहरू नगएका होलान् ।’
बरु ठाकुर र आचार्यले एलोन मस्क, मार्क जुकरबर्ग, स्टिभ जब्सका जिवनीहरू राम्रो संख्यामा बेचेका छन् । ‘रिच ड्याड पुअर ड्याड’ जस्ता किताबहरू बाक्लै बेचेका छन् । प्रविधिसँग जोडिएका, आर्थिक प्रगतिमा सघाउने खालका किताबहरू पनि राम्रो संख्यामा बेचेका छन् ।
‘अनि बालबालिकालाई उपयोगी हुने किताबहरू पनि राम्रै संख्यामा बेचिरहेका छौं,’ ठाकुर सुनाउँछन् ।
फेरिँदै गइरहेको छ पाठकको स्वाद
आख्यानले भाषालाई समृद्ध बनाउन सहयोग गर्छ । गैरआख्यानले विशेष गरेर तथ्यहरूलाई केलाउन सहयोग गर्छ । यस्ता किताबहरूले बुझाइको आयतन मात्रै फराकिलो बनाउँदैनन्, समाज बुझ्नलाई पनि सहयोग गर्छन् । राजनीति, इतिहास बुझ्नलाई पनि यस्ता किताबहरू उपयोगी हुन्छन् ।
लेखकहरूले पनि वर्षौं लगाएर किताब तयार गरेका हुन्छन् । कतिपय लेखक त्यही किताबको आम्दानीमा निर्भर हुन्छन् । तर, मिहेनत गरेर लेखिएका किताबहरू पनि बिक्री भएनन् भने लेखकलाई मात्रै होइन, प्रकाशक र पुस्तक पसलेहरूलाई पनि आर्थिकरूपले गाह्रो हुन्छ । अहिले साहित्यको बजारले त्यही आर्थिक गाह्रो झेलिरहेको जानकारहरूको आँकलन छ ।
किताब यात्राका ऋषिराम अधिकारी भन्छन्, ‘कोभिडले सबै क्षेत्रको व्यापारलाई असर गर्यो । हामीले आर्थिक संकट झेल्यौं । मान्छेको क्रयशक्तिमा कमी आयो । सबैभन्दा पहिले आधारभूत आवश्यकता पूरा गर्नतिर लाग्नुपर्छ । किताबलाई विकल्पको रुपमा लिनुपर्ने अवस्था छ । यी यावत् कारणले बजार क्रमिकरूपमा डाउन हुँदै गइरहेको हो ।’
इबुक र अडिओ बुकमा जे जसरी काम गरिरहे पनि किताबकै बजार चाहिँ खस्कँदै गएको आचार्यको अनुभव छ । लकडाउनको तुलनामा केही सुधार भएजस्तो देखिए पनि साहित्यकै किताबको बजार चाहिँ खस्कँदो रहेको उनी बताउँछन् ।
अनलाइनमार्फत् किताब बेच्ने अधिकारीको मात्रै होइन, पसल नै खोलेर भौतिक रुपमा किताब बिक्री गर्नेहरूको पनि अनुभव उस्तै छ, बजार साँच्चिकै डाउन छ । सम्पूर्ण बुक्स, चितवनका संचालक लेखराम सापकोटा त पाठकको स्वाद नै फेरिँदै गएको बताउँछन् ।
‘पहिले चेतन भगतको किताब बिक्थ्यो । भगतको किताब नबेचेको एक वर्ष जति भयो । सुविन भट्टराईको किताब किन्न मान्छे आइरहन्थे, अहिले कम आउँछन्,’ सापकोटा सुनाउँछन्, ‘सामाजिक मुद्दाहरूमा लेखिएका किताबहरू अलिअलि जान्छन् । मान्छेले के आख्यानमा के मुद्दा उठाएको छ भनेर सोध्छन् । मान्छेले भोलिका दिनमा काम लाग्ने किताबमात्रै पढ्न थाले ।’
सापकोटाले यस वर्ष गैरआख्यान केही राम्रो संख्यामा बेचे । भर्खरै प्रकाशित ‘नेपथ्य’ ब्याण्डमाथिको किताब राम्रै संख्यामा बेचे । सँगै विद्यालयहरूमा जीवनोपयोगी किताबहरू बेचिरहेका छन् । विशेष गरेर बालबालिकाका किताबहरू बाक्लो संख्यामा बेचिरहेका छन् ।
‘आजमात्रै एउटा स्कुल नजिकको पसलले ६० वटा बालकथा लग्यो । अघिल्लो साता यही संख्यामा लगेको थिये,’ सापकोटाले सुनाए, ‘लोककथाहरू बिक्री हुन्छन् । नैतिक शिक्षाका कथाहरू पनि राम्रो संख्यामा गइरहेका छन् ।’