संसदमा राप्रपा- राजालाई स्पेस दिउँ, गणतन्त्रमा भइरहेको लुटतन्त्रको विरोध गरिराख्छौं (भिडिओ)


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा लिङ्देनले आफू निरन्तर गणतन्त्रको विरोधमा उभिरहने भन्दै गणतन्त्रको विरोध गर्नु प्रजातन्त्रको विरोध गर्नुजस्तो भाष्य बनाउन खोजिएको बताए । पूर्वराजालाई कुनै नै कुनै स्पेस दिनुपर्ने र राजासहितको प्रजातन्त्र हुनुपर्छ भन्ने मान्यता राप्रपाको रहेको उनले बताए ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको बुई चढेर ल्याएको गणतन्त्र लुटतन्त्रमा परिणत हुन्छ भने निरन्तर विरोध गरिराख्ने बताए ।
त्यस्तै लिङदेनले पाथीभरामा केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङको फुङलिङ क्षेत्र अशान्त रहेको भन्दै राजनीतिक दलले अन्देखा गरिरहेको र व्यापारिक स्वार्थका लागि भाइ–भाइ लडाउने काम भएको आरोप लगाए ।
उनले पाथीभरामा केबलकार निर्माणलाइ रोक्दै समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।
केपी ओलीले शीरमा दाहिने हात नराखेको भए अहिले लिङ्देन दाइ भैसी चराउँदै हुने ! अहिले राजालाई के को स्पेश दिने भनेको ? ०८४ मा संसदीय चुनावमा प्रत्यक्ष रूपमा बहुमत सदस्य जिताएर पठाउन सक्नु पऱ्यो नि राजा राख्न ! नत्र चुप लागेर बसेकै राम्रो ! न राजा न प्रजा !