मर्जरको बहस ब्रोकरतिर- तीन दर्जन बढीको पुगेको छैन चुक्ता पूँजी, निर्देशिका ल्याउँदै सेबोन – Nepal Press

मर्जरको बहस ब्रोकरतिर- तीन दर्जन बढीको पुगेको छैन चुक्ता पूँजी, निर्देशिका ल्याउँदै सेबोन

काठमाडौं । बैंकिङ क्षेत्रमा मर्जरको लहर विस्तारै सेलाउँदै गर्दा ब्रोकर कम्पनीतिर मर्जरको बहस सुरु भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ब्रोकर कम्पनीहरूको चुक्ता पूँजी पुर्याउन मर्जरमा जान सक्ने व्यवस्था गरिदिन लागेसंगै मर्जरको बहसले चर्चा पाएको हो ।

सेबोनले २०७९ सालमै नयाँ ब्रोकर लाइसेन्स खुला गर्दा पुराना ब्रोकर कम्पनीहरुलाइ तीन वर्षभित्र तोकिएको चुक्ता पूँजी कायम गर्न निर्देशन दिएको थियो । उक्त निर्देशनको समयसिमा आउने असार मसान्तमा सकिदैछ । चुक्ता पुँजी पुर्याउनका लागि अधिकांश ब्रोकर कम्पनीहरुले मर्जरको बाटो रोज्न खोजेको देखिन्छ ।

चुक्ता पूँजी कायम गर्न निर्देशन दिँदै सेबोनले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्नेहरूको हकमा ६० करोड र स्टक डिलरको हकमा १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्न भनेको थियो ।

ब्रोकर कम्पनीहरूले पूँजी पुर्याउनका लागि बोनस शेयर तथा हकप्रद जारी गर्न पाउँछन् । त्यसबाहेक मर्जरमा पनि जान पाउँछन् । तर, सेबोनले मर्जर तथा प्राप्ति सम्बन्धी निर्देशिका जारी नगर्दा कम्पनीहरू मर्जरमा जान सकेका थिएनन् ।

तर, अहिले ब्रोकर कम्पनीहरूलाई मर्जरमा जान सक्ने व्यवस्थामा गर्दै बोर्डले नयाँ निर्देशिका ल्याउने तयारीमा जुटेको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार सेबोनले मर्जर तथा प्राप्ति निर्देशिका तयार पारिसकेको छ । विज्ञ तथा सरोकारवालाको सुझावसहित तयार पारिएको उक्त निर्देशिका केही दिनभित्रै सेबोनले जारी गर्ने तयारी गरेको छ । सेबोनले यो निर्देशिका जारी गरेपछि ब्रोकर कम्पनीहरूलाई मर्जरमा जान बाटो खुल्नेछ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार हाल ९२ वटा ब्रोकर कम्पनीले सेवा दिइरहेका छन् । जसमध्ये २ वटा स्टक डिलर छन् । नयाँ कम्पनीहरूले तोकिएको चुक्ता पूँजी पुर्याएर लाइसेन्स लिएपनि पुराना तीन दर्जनभन्दा बढीले तोकेको चुक्ता पुँजी पुर्याउन सकेका छैनन् । सेबोनले दिएको समय सीमा आउँदो असार मसान्तमा सकिँदै छ । चुक्ता पूँजी पुर्याउन ब्रोकर कम्पनीहरुसंग पाँच महिना मात्रै समय बाँकी छ ।

सेबोनले चुक्ता पूँजी नपुगेका ब्रोकर कम्पनीहरूलाई पुँजी पुर्याउने योजना पेस गर्न गएको पुस ८ गते नै पत्राचार गरेको थियो । सोही अनुसार ब्रोकर कम्पनीहरूले सेबोनमा योजना पेश गरेका छन् । पेश भएका योजनामा अधिकांशले मर्ज तथा प्राप्तिमा जाने योजना बनाएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

उनले भने, ‘हामीले पूँजी नपुगेकाहरूलाई पुर्याउने योजना लिएर आउनु भनेको थियौँ । उनीहरूले योजना बोनश शेयर तथा हकप्रद जारी गर्ने र मर्जर तथा प्राप्तिमा जाने योजना पेश गरेका छन् । धेरैजसाेले मर्जरमा जाने भनेका छन् ।’

असारसम्म पूँजी पुर्याउनै पर्ने दबाब

आउँदाे असार मसान्तसम्ममा ब्रोकर कम्पनीहरुलाइ तोकिएको चुक्ता पूँजी पुर्याउनै पर्ने दबाब छ । पुँजी पुर्याउनका लागि ब्रोकर कम्पनीहरूले बोनस शेयर, हकप्रद शेयर र मर्जर तथा प्राप्तिको बाटो रोज्नु पर्ने हुन्छ । साेहि अनुसार चुक्ता पूँजी पुर्याउने याेजनामा ब्रोकर कम्पनीहरू रहेका छन् ।

तर, सेबोनले निर्देशिका जारी गरेपनि २०८२ असार मसान्तसम्म ब्रोकरहरूले चुक्ता पूँजी पुर्याउन नसक्ने स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल बताउँछन् ।

‘सेबोनले चुक्ता पुँजी पुर्याउन निर्देशन दियो तर जान सक्ने व्यवस्था गरिदिएन । त्यसले गर्दा हामीले बाटो पाएनौँ । अहिले समय सकिने लागेको छ । यो समय कम भइसक्यो । सेबोनकै कारण तोकिएको समयमा हामी पुँजी पुर्याउन नसक्ने अवस्थामा छौँ’, उनले भने ।

सेबोनले पूँजी पुर्याउने समय थप्नुपर्ने उनले माग राखे । अध्यक्ष ढकालले नेपाल प्रेससंग भने, ‘असार मसान्तसम्म पुँजी अपुग भएका ब्रोकरले तोकिएको पुँजी कायम गर्न सक्ने अवस्थामा छैनन । केहिले गरेपनि सबैले पुर्याउन सक्दैनन । त्यसलै हामीलाई समय थप गरिदिनु पर्छ ।’

पुँजी वृद्धिको समयसिमा कम्तीमा एक वर्ष थप गरिदिनु पर्ने समेत अध्यक्ष ढकालले माग राखे । बोर्डकै कारण ब्रोकर कम्पनीहरु मर्जरमा जान नसकेकोले अब छिट्टै व्यवस्था गरेमा अधिकांक ब्रोकरहरु मर्जरमा जान सक्ने सम्भावना रहेको समेत उनले जानकारी दिए ।

कुन ब्रोकरको कति छ पूँजी ?

 

Name   Broker Code Paid Up Capital
Kumari Securities Private 1 50,000
Arun Securities (PVT) Ltd. 3 50,000
Opal Securities Investment 4 50,000
Market Securities & Exchange (PVT) Ltd. 5 20,000
Agrawal Securities (PVT) Ltd. 6 175,000
J.F. Securites (PVT) Ltd. 7 76,300
Ashutosh Brokerage & Securities (PVT) Ltd. 8 80,000
Pragyan Securities (PVT) Ltd. 10 145,000
Malla & Malla Stock Broking  Company Pvt. Limited 11 50,000
Thrive Brokerage House Pvt. 13 80,000
Nepal Stock House (PVT) Ltd. 14 130,900
Primo Securities (PVT) Ltd. 16 100,000
ABC Securities Private Itd 17 100,000
Sagarmatha Securities Private Limited 18 20,000
Nepal Investment And Securities Trading Private 19 100,000
Sipla Securities Private Limited. 20 20,000
Midas Stock Broking 21 120,000
Siprabi Securities Pvt. Ltd. 22 50,000
Sweta Securities Private Limited. 25 50,000
Asian Securities Private Ltd. 26 60,000
Shree Krishna Securities Ltd. 28 180,000
Trisul Securities & Invt. Ltd. 29 30,000
Premier Securities Company Ltd. 32 234,998
Dakshinkali Investment & Securities Pvt. 33 200,000
Vision Securities Pvt. Ltd. 34 250,000
Kohinoor Investment & Securities Pvt. Ltd. 35 25,000
Secured Securities Ltd. 36 100,000
Swarna Laxmi Securities Pvt. Ltd. 37 200,000
Dipshikha Dhitopatra Karobar 38 200,000
Sumeru Securities Pvt. Ltd. 39 50,000
Creative Securities Pvt Ltd 40 55,000
Linch Stock Market Ltd. 41 150,621
Sani Securities Company Ltd. 42 600,000
South Asian Bulls Pvt. Ltd. 43 130,000
Dynamic Money Managers  Securities Pvt. Ltd. 44 200,000
Imperial Securities Company 45 240,000
Kalika Securities Pvt. Ltd. 46 85,000
Neev Securities Pvt. Ltd. 47 50,000
Trishakti Securities Public Limited 48 200,104
Online Securities Pvt. Ltd. 49 300,000
Cristal Kanchanjanga Securites 50 84,700
Oxford Securities Pvt. Ltd. 51 200,000
Sundhara Securities Limited 52 127,462
Investment Management Nepal Pvt. Ltd. 53 23,000
Sewa Securities Pvt. Ltd. 54 26,000
Bhrikuti Stock Broking Co. Pvt. Ltd 55 100,000
Sri Hari Securities Pvt. Ltd. 56 30,600
Aryatara Investment & Securities 57 155,250
Naasa Securities Co. Ltd. 58 115,000
Deevyaa Securities & Stock House Pvt. Ltd 59 100,000
Nagarik Stock Dealer 60 3,739,750
BHOLE GANESH SECURITIES LTD 61 205,000
Capital Max Securities Ltd 62 250,000
Himalayan Brokerage Company 63 230,000
SUN SECURITIES PVT LTD. 64 226,500
Sharepro Securities 65 200,000
Miyo Securities Pvt Ltd 66 200,000
Property Wiard Limited 67 200,000
Elite Stock House Limited 68 204,000
INDEX SECURITIES LIMITED 69 220,500
Infinity Securities Limited 70 200,000
SHUBHAKAMANA SECURITIES PVT 71 200,000
Hatemalo Financial Services 72 200,000
Money World Share Exchange 73 200,000
KALASH STOCK MARKET PVT. LTD. 74 200,000
NIMB Stock Markets Limited 75 600,000
Machhapuchchhre Securities 76 200,000
Nabil Stock Dealer Ltd. 77 1,520,000
Garima Securities Limited 78 200,000
pahiinvestment 79 200,000
Indira securities pvt. ltd 80 200,000
Aakashbhairab Securities Ltd. 81 207,000
N.M.B. SECURITIES LIMITED 82 200,000
Sanima Securities Limited 83 200,000
MILKY WAY SHARE BROKER COMPANY LTD 84 200,000
Capital Hub P. Ltd 85 200,000
Stoxkarts Securities Limited 86 210,000
S.P.S.A. Securities Limited 87 210,000
Blue Chip Securities Ltd 88 200,000
Global IME Securities Limited 89 200,000
Sajilo Broker Limited 90 200,000
C.B.I.L. Securities Limited 91 200,000
Roadshow securities limited 92 200,000
Beni Securities Pvt.Ltd. 93 200,000
K.B.L. Securities Limited 94 200,000
Magnet Securities and Investment Company Private Limited 95 200,000
Himalayan Securities Limited 96 600,000
R.B.B. Securities Company Ltd 97 200,000
Trademow Securities Private Limited 98 200,000
Prabhu Stock Market Limited 99 200,000
Sunrise Securities Limited 100 200,000
APPLE SECURITIES PRIVATE LIMITED 101 200,000

Source: Nepal Stock Exchange   

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर