फेसबुकमा एक्कासि समस्या

२०८१ फागुन १५ गते ८:५२

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एक्कासि समस्या देखिएको छ । फेसबुकमा डेस्कटप प्रयोगकर्ताहरूले समस्याको सामना गरेका हुन् ।
कम्प्युटरमा लगइन गर्दा त्रुटि भएको सन्देश प्राप्त भइरहेको थियो । मोबाइलमा भने समस्या थिएन ।
कम्प्युटरमा लगइन गर्दा ‘माफ गर्नुहोस्, केहि गलत भयो । हामी यसलाई सकेसम्म चाँडो समाधान गर्ने काम गरिरहेका छौँ’ भन्ने सन्देश प्रवाह भइरहेको छ ।
प्लेटफर्म डाउन डिटेक्टरका अनुसार फेसबुक आउटेजका १५ सय भन्दा बढी रिपोर्ट गरिएको छ ।
अहिले भने समस्या समाधान भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर