उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि देउवाले पार्टीका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए – Nepal Press

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि देउवाले पार्टीका शीर्ष नेतालाई बूढानीलकण्ठ बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्नुअघि कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बूढानीलकण्ठ बोलाएका छन् ।

देउवाले निजी निवास बूढानीलकण्ठ ४ बजे पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । प्रधानमन्त्रीले बोलाएको संयन्त्रको बैठक ६ बजे बालुवाटारमा बस्दैछ ।

संयन्त्र बैठकमा सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरू समेत सहभागी हुने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, संसदमा पेश भएका विधेयक, भ्रातृ संस्था अधिवेशनबारे छलफल हुने उनले बताए ।

उनले भने, ‘संघीयता कार्यान्वयन गर्नको लागि आवश्यक कानून बनाउनको लागि कांग्रेस पहल गर्नुपर्छ भनेर छलफलका लागि सभापतिले बैठक राख्नुभएको हो। भ्रातृ संस्थाको अधिवेशन पनि निर्धातिर सयममै गर्न हामीले निर्देशन दिइसकेका छौं । त्यसबारे पनि छलफल हुन्छ ।’

उनले अध्यादेशको बारेमा पनि छलफल हुने बताए । सरकारले ल्याएको भूमि अध्यादेश पारित गराउन राष्ट्रिसयभामा बहुमत नपुगेपछि अहिलेसम्म अघि बढ्न सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर