प्रक्रियागत कारणले अध्यादेश रोकिएका छन् चाँडै सदनले स्वीकार गर्ने बनाएर पारित गछौं : गृहमन्त्री (भिडिओ)


काठमाडौं । गृहमन्त्री रमेश लेखकले कांग्रेस र एमाले समीकरण कोही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै नमिलेको बताएका छन् ।
नेशनल प्याव्सनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विकासको लागि स्थिर सरकार बनाएको जिकिर गरे ।
उनले भने, ‘अहिलेको समीकरण सरकार बनाउनको लागि सरकार र केही नेताहरुलाई प्रधानमन्त्री र मन्त्री बनाउनको लागि मात्रै बनेको होइन । हामीले मुलुकमा स्थिर सरकार स्थापित हुन सकोस्, र त्यो सरकारले देशमा दिगो शान्ति, सुशासन र उन्तिको यात्रामा अघि बढाउनको लागि बनाएका छन् ।’
सरकारले व्यवसायिक वातावरण सुनिश्चित गर्नको लागि अध्यादेश ल्याएको जिकिर गरे ।
उनले भने, ‘केही प्राविधिक र प्रक्रियात कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिला भइसकेको छ। तर, हामी समयभित्रै सदनले स्वीकार गर्ने र प्रतिस्थापन गरेर नयाँ कानून बनाउँछौं ।’
उनले सरकारले शिक्षा विधेयक पनि यही अधिवेशनबाट पारित गर्ने बताए ।