देउवालाई माधव नेपालको सुझाव- ओलीलाई खुबै विश्वास गर्नुहुन्छ, फेरि नर्क पुर्‍याइदेलान् है (भिडिओ) – Nepal Press

देउवालाई माधव नेपालको सुझाव- ओलीलाई खुबै विश्वास गर्नुहुन्छ, फेरि नर्क पुर्‍याइदेलान् है (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रमा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरे ।

 

उनले भने, ‘संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ? होसियार है, शेरबहादुरजी तपाईंले खुबै विश्वास गर्नुहुन्छ। फेरिसँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नर्क पुर्याइदेलान् है होस् गर्नुस् ।’

उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।

 


प्रतिक्रिया

2 thoughts on “देउवालाई माधव नेपालको सुझाव- ओलीलाई खुबै विश्वास गर्नुहुन्छ, फेरि नर्क पुर्‍याइदेलान् है (भिडिओ)

  1. १५ वर्ष ओलिले थामिदिएकाले पार्टीमा टिकेको थियो । फेरि खान नपाएर पार्टी छोडेर हिड्यो । यस्ता भगौडाले अरूलाई भन्न सुहाउछ ?

  2. देउवालाई सुझाव दिने माकुनेले ? हैट, कति हाँस्नु ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर