उपेन्द्र यादवको चेतावनी- सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गरे जनआन्दोलन गर्छौं (भिडिओ)


काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भूमि अध्यादेश फिर्ता लिन सरकारसँग माग गरेका छन् ।
भूमि अध्यादेशबारे छलफल गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सांसद खरिदबिक्री गरेर अध्यादेश पारित गर्नतिर नलाग्न चेतावनी दिए ।
उनले भने, ‘हामीले सरकारलाई स्पष्ट भनेका छौं यो अध्यादेश दाउपेज, जालझेल, सांसद खरिद बिक्रि गरेर अहिले माफियाहरुले भन्छन् रे कति करोड अर्ब चाहिन्छ सांसद किन्नुस् र पास गर्नुस् भनेको सुन्दैछु । त्यो धन्दामा लाग्नुजस्तो देशघाती काम कहिल्यै हुँदैन । सरकारले फिर्ता लिए हुन्छ विगतमा पनि धेरै अध्यादेश फिर्ता लिएको इतिहास छ ।’
उनले सरकारले जालझेल गरेर अध्यादेश पारित गर्न खोजेको जनआन्दोलनको बाटो पक्रिने चेतावनी दिए ।
यस्तै सन्की कुरा गरेकाले सबैले छोडदै गएर एक्लै पर्न थालिसक्यो साथि । धक्कु लगाउँछ जनआन्दोलनको । साँसद तिम्रा रैति होईनन । तिम्रो तानाशाही मान्ने कोही छैन आजको जमानामा । विदेशीको भाडाको टट्टु बनेर सरकारलाई अफ्ठ्यारो पार्ने दिवा स्वप्न नदेखे हुन्छ ।