बर्दियामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु – Nepal Press

बर्दियामा हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

रुपन्देही । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं २ मा हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ ।

बुधवार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणमा स्थानीय ७१ वर्षीय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

उनको घर बर्दिया निकुञ्ज नजिक रहेको छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोशित र वन्यजन्तुको आक्रमणकाविरुद्ध पूर्वपश्चिम राजमार्ग बन्द गराएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर