होलीको अवसर पारेर ‘कर्मा’बाट मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक – Nepal Press

होलीको अवसर पारेर ‘कर्मा’बाट मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक

काठमाडौं । रिलिज मिति नजिकिएसंगै यतिबेला चलचित्र ‘कर्मा’बाट धमाधम कलाकारहरुको क्यारेक्टर लुक्स सार्वजनिक भइरहेको छ। यसैबीच, निर्माण टिमले कलाकार मुकुन भुसालको क्यारेक्टर लुक्स सार्वजनिक गरेको छ । निर्माणपक्षले होलीको अवसर पारेर मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो ।

कपाल, दारीजुंगामा, कोट र टाइमा ठाँटिएका मुकुन पोस्टरमा एंग्री लुक्समा देखिएका छन् । भुसालको अनुहारमा रंग लगाईएको छ। होलीको अवसरमा क्यारेक्टर लुक्स आएकाले शुभकामनाका लागी मात्र हो वा चलचित्रमा नै होलीको सिन छ, त्यो निर्माणपक्षले प्रष्ट पारेको छैन । पोस्टरमार्फत लुक्सबाहेक थप जानकारी निर्माणपक्षले केही दिएको छैन।

यसअघि, निर्माणक्षले उपासना सिंह ठकुरी र विपिन कार्कीको लुक्स सार्वजनिक गरेको थियो। ‘कर्मा’लाई ‘अगस्त्य’ फेम्ड निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् । ‘कर्मा’को छायांकन दाङ र काठमाडौंमा गरिएको छ।

‘कर्मा’ यहीँ चैत २९ गतेबाट देश भित्र र बाहिर एकसाथ प्रदर्शन हुनेछ । एक्सन जनरामा निर्माण भएको ‘कर्मा’मा अभिनेता विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेवलगायत कलाकारको अभिनय छ ।

चलचित्रको कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन। चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ भने आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर