धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित – Nepal Press

धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियू चुनाव अनिश्चितकालका लागि स्थगित

काठमाडौं । धादिङको नीलकण्ठ बहुमुखी क्याम्पसको स्ववियू निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ।

हिजो निर्वाचन समितिका संयोजकले राजीनामा दिएपछि निर्वाचन स्थगित भएको क्याम्पस प्रमुख नवराज शर्माले एक विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई राजीनामा दिएको उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘यही चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने प्रयोजनको लागि क्याम्पस सञ्चालक समितिबाट निर्वाचन समिति गठन भई निर्वाचनको प्रक्रिया अगाडी बढी रहेको अवस्थामा निर्वाचन समितिका संयोजक मुरारी अधिकारीले निर्वाचन प्रक्रिया अगाडी बढाउने क्रममा उत्पन्न असहज परिस्थिति जनाई निर्वाचन समितिको संयोजक पदबाट फागुन २८ गते राजीनामा दिनुभएको कारण निर्वाचन समिति तथा शिक्षक कर्मचारीको बैठकको निर्णय साथै सञ्चालक समितिको अध्यक्षको निर्देशन बमोजिम सञ्चालक समितिको बैठकबाट अर्को निर्वाचन समिति गठन भई निर्वाचनको मिति तय नभएसम्मका लागि नीलकण्ठ बहुमुखी क्याम्पस, स्ववियू निर्वाचन २०८१ सम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरिएको ब्यहोरा सूचित गरिन्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर