बुद्धिजीवी परिषद् भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम – Nepal Press

बुद्धिजीवी परिषद् भोजपुरमा नयाँ नेतृत्व, अध्यक्षमा उत्तम

काठमाडौं । बुद्धिजीवी परिषद् भोजपुरमा नयाँ नेतृत्व चयन भएको छ ।

जिल्लाको चौथो अधिवेशनबाट अध्यक्षमा उत्तमसिंह राई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् ।

यस्तै उपाध्यक्षमा रिन्जु शेर्पा, सचिवमा सिरज शर्मा लुइँटेल, उपसचिवमा मीना तामाङ, उपसचिवमा सन्तोष राई र कोषाध्यक्षमा कटकबहादुर विष्ट चयन भएका छन् ।

एमाले भोजपुरका अध्यक्ष मक्कर खड्कालगायतले नयाँ कार्यसमितिलाई बधाईसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर