एमालेले सचिवालय बैठक बोलायो – Nepal Press

एमालेले सचिवालय बैठक बोलायो

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले यही चैत ४  गते सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

सचिव डा अधिकारीका अनुसार उक्त बैठकमा पार्टीको सङ्गठनात्मक गतिविधि, समसामयिक राजनीतिक विषयवस्तुलगायत विषयमा छलफल हुनेछ । बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर