उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगिनबाट जोगिन्छन्: मन्त्री भण्डारी – Nepal Press

उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगिनबाट जोगिन्छन्: मन्त्री भण्डारी

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उपभोक्ता अदालत स्थापना भएपछि उपभोक्ता ठगीमा नपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र उपभोक्ता हित संरक्षण मञ्च नेपालले शुक्रबार गरेको ‘व्यवसाय र उपभोक्ताको मानव अधिकार र सुलभ तथा न्यायका लागि उपभोक्ता अदालत’ विषयक अन्तरक्रिया कार्यक्रम बोल्दै मन्त्री भण्डारीले सो कुरा बताएका हुन् ।

उनले भने, ‘उपभोक्ता अदालत गठनपछि उपभोक्ता ठगीमा पर्दैनन् । आफू ठगीमा परेको भान भए उपभोक्ता अदालत जान पाउनेछन् । उपभोक्ताका लागि नै भोलि उपभोक्ता अदालत स्थापना हुन लागेको हो । कुनै पनि सामान खरिद गर्दा उपभोक्ताले बिल नमाग्ने कारणले पनि समस्या भइरको छ । उपभोक्ता अदालतबाट हुने फैसलाको नजिरका कारण उपभोक्ता ठगिने विषयहरु कम हुँदै जानेछ ।’

अदालतबाट हुने फैसलाले व्यवसायीहरुमा पनि सुधार हुने उनको भनाइ छ ।

मन्त्री भण्डारीले उपभोक्ता संरक्षण ऐनले बजार अनुगमनको व्यवस्था गरेको भए पनि कार्यान्वयनका लागि जनशक्ति अभाव रहेको बताए ।

जनशक्ति अभावका कारण पर्याप्त बजार अनुगमनलगायत अन्य थुपै काम नभएको बताउँदै उनले अब उपभोक्ताको विषयमा छुट्टै उपभोक्ता अदालत जान सकिने औंल्याए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर