भारतले नेपाललाई १२ घण्टामात्रै बिजुली दिने, के फेरि लोडसेडिङ हुन लागेको हो ?

काठमाडौं । भारतले नेपाललाई १२ घण्टामात्रै विद्युत दिने भएको छ । उसले नेपाललाई आइतबारदेखि बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै विद्युत दिने भएको हो ।
हाल नेपालमा भारतबाट २० घण्टा विद्युत आयात भइरहेको थियो, तर अब भारतले लोसार आवरमा मात्रै नेपालमा विद्युत निर्यात गर्न भएको छ ।
भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै विद्युत बिक्री गर्दा बेलुकाको समयमा नेपालमा औद्योगिक क्षेत्रमा समस्या हुने बताइएको छ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही आइतबारबाट भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्रै नेपाललाई विद्युत् बिक्री गर्ने बताए ।
उनले नेपाल प्रेससँग भने, ‘आइतबार साेलार आवरमा मात्रै भारतले नेपालमा विद्युत निर्यात गर्नेछ । १२ घण्टामात्रै विद्युत आयात भए पनि उपभोक्तालाई केही समस्या हुँदैन । प्राधिकरणले मिलाएर विद्युत वितरण गर्नेछ । उद्योगहरुमा विद्युत कटौती गर्नुपर्ने अवस्था आउनेछ । लोडसेडिङ नै भन्ने होइन, तर उद्योगमा भने लाइन कटिने अवस्था आउनेछ ।’
हाल नेपालमै विद्युत उत्पादन बढिरहेको छ । माग घट्दो रहेकाले पनि व्यवस्थापनमा केही सहज हुने प्राधिकरण बताउँछ ।
२० घण्टा निर्यात हुँदै आएकोमा १२ घण्टामात्रै किन ?
भारतले नेपालमा विद्युत निर्यात गर्दा भएको सम्झौताको स्वीकृति दिँदा नै लोसार आवर (बिहान ६ देखि बेलुका ६ बजेसम्म) मात्रै दिने सर्त राखेको थियो । उक्त सशर्तअनुसार भारतले २०२५ मार्च १५ तारिखदेखि जुन ३० सम्म साेलार आवरमा मात्रै नेपाललाई बिजुली दिने भएको हो ।
हाल पिक आवरमा दैनिक करिब १९० मेगावाट विद्युत आयात भइरहेको प्राधिरकणले बताएको छ । अब आइतबारबाट पिक आवरमा भारतबाट विद्युत आयात हुनेछैन । अहिले करिब १ हजार ९०० मेगावाट बिजुलीको माग रहेको छ ।
नेपालमा करिब १ हजार ७०० मेगावाट विद्युत उत्पादन भइरहेको विद्युत प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले बताए ।
कुलमानले ८ वर्ष भयो प्राधिकरण सम्हालेको ।८ वर्ष पछि पनि लोडसेडिङ भैरहेको छ भने उनी उज्यालोका नायक कसरी भए ? हुन त व्यापारीहरूको उद्योगमा लोडसेडिङ भएको त हो नि ! कि कसो ?