वडाध्यक्षद्वारा प्रअ कुटपिट प्रकरण : एमालेकै नेताहरु बसेर मिलापत्र, जाहेरी फिर्ता


दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष भानसिङ बुढा र उनको समूहले शुभ प्रभात माध्यमिक विद्यालय घोराहीका प्रधानाध्यापक रुद्रबहादुर बुढामाथि गरेको कुटपिट प्रकरणमा प्रहरीमा जाहेरी पुगेपनि अन्ततः बाहिर मिलापत्र गरिएको छ ।
नेकपा एमाले दाङका उपाध्यक्ष मनोहर बुढाथोकी दुवै जनाबीच भएको असमझदारी पूर्ण रुपमा सहमति कायम गर्दै टुङ्गिएको जानकारी दिएका हुन् ।
एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनका लुम्बिनी प्रदेश अध्यक्ष भागबत पौडेल, संगठनकै जिल्ला अध्यक्ष मिनराज पण्डित, संगठनका पूर्वअध्यक्ष दामोदर बस्नेत, संगठनका नेता उद्धव न्यौपाने र पार्टी उपाध्यक्ष बुढाथोकिसहित नेताहरु लागेर दुबै बिच असमझदारीलाई समझदारी कायम गरिएको हो ।
आफूलाई कुटपिट भएको भनेर दाबि गरेका बिद्यालयका प्रधानाध्यापक रुद्रले आफैं प्रहरीमा हालेको जाहेरी फिर्ता लगिसकेको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी चक्रबहादुर शाहले बताए ।
प्रहरीमा जाहेरी आएपछि छलफल गराउने र पीडितको चित्त नबुझेको खण्डमा मुद्धा दर्ता हुने बताएको तर, पिडित बुढा बाहिर मिलापत्र गरेर जाहेरी फिर्ता लगेको उनले बताए ।
बाहिर मिलापत्र गरेपछि उपाध्यक्ष बुढाथोकीको नेतृत्वमा एमाले निकट नेपाल रास्ट्रिय शिक्षक संगठनका नेताहरुसहित पिडित बुढा जाहेरी फिर्ता लिन जिल्ला प्रहरी कार्यालय दाङ पुगेका थिए ।
वडाध्यक्ष घर्ति एमालेबाट निर्बाचित हुन भने कुटि माग्ने बिद्यालयका प्रअ रुद्र माओबादीबाट यसअघि नै एमालेमा प्रबेश गरेका थिए । पिडित भनिएका बुढा एमालेको कुनै समय क्षेत्रिय सचीव भएर पनि काम गरेका थिए ।