स्ववियु निर्वाचन लक्षित नेविसंघको २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक (पूर्णपाठ)


काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन लक्षित २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको छ ।
विद्यार्थीको समस्या समाधान गर्न विद्यार्थी जीवनसँग सम्बन्धित समस्याको समाधान र नीतिगत सुधारका कार्ययोजना समेटिएका छन् ।
उपसमितिमा समावेश विषयमा प्राविधिक शिक्षा, राष्ट्रिय उपलब्धि अध्ययन, भूगोल विशेष विद्यार्थी समन्वय, सुझाव संकलन, त्रिवि सुधार सम्बन्धी नीतिगत अध्ययन, कानुन संकाय समन्वय, मिडिया समन्वय, विज्ञान तथा प्रविधि समन्वय, त्रिभुवन विश्वविद्यालय समन्वय, प्रविधि व्यवस्थापन, चिकित्सा शिक्षा समन्वय, व्यवस्थापन तथा अर्थशास्त्र अध्ययन, कला संस्कृति तथा साहित्य, र उद्यमशीलता विकास अध्ययन रहेका नेविसंघका प्रवक्ता सुरज सेजुवालले नेपाल प्रेसलाई जानकारी दिए ।
उनका अनुसार नेविसंघले विद्यार्थीको भावना र विचारलाई समेट्न व्यापक रूपमा सुझाव संकलन गरी प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्दै व्यवहारिक र वैज्ञानिक घोषणापत्र तयार गरेको हो ।
विद्यार्थीको समस्याको समाधान र नीतिगत सुधारका लागि कार्ययोजना प्रस्तुत गर्दै नेविसंघ स्ववियु निर्वाचनमा सहभागी भएको प्रवक्ता सेजुवालले बताए ।
नेविसंघले आफ्नो घोषणापत्रमार्फत विद्यार्थीको समस्याको समाधानमा केन्द्रित रही निर्वाचनमा प्रभावकारी र वैचारिक उपस्थिति सुनिश्चित गर्ने उद्देश्य राखेको जनाइएको छ । त्रिभुवन विश्वविद्यालयले यहि चैत ५ गतेका लागि स्ववियु निर्वाचन तय गरेको छ ।