दरबार हत्याकाण्डबारे प्रचण्ड- मैले जनताको आवाज बोलेको हुँ, छानबिन आयोग बनाउन जरुरी छ (भिडिओ) – Nepal Press

दरबार हत्याकाण्डबारे प्रचण्ड- मैले जनताको आवाज बोलेको हुँ, छानबिन आयोग बनाउन जरुरी छ (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले हिजो टिप्पणी गरेको बताएका छन् ।

समाजवादी मोर्चाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको बताए ।

प्रचण्डले भने, ‘त्यो कुरा धेरै पहिलादेखि बोलिरहेको हो । दरबार हत्याकाण्डपछि हामी भूमिगत हुँदा पनि यही कुरा बोलेको थिएँ । पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बोलेको थिएँ । मैले छानबिन आयोग बनाउन जरुरी छ भनेर त्यतिबेलै भनेको थिएँ । अहिले फेरि पुनरुत्थानको कोसिस भइरहेको बेलामा तिनै कुरालाई आवश्यक ठानेर बोलेको हुँ । मैले जनतालाई लागेको छ भन्ने भाषाले बोलेको छु ।’

हिजो सिन्धुपाल्चोकको मेलम्ची पुगेर प्रचण्डले ज्ञानेन्द्रलाई भाइमारा, मूर्ति चोर र सुन तस्करी भएको आरोप लगाएका थिए । प्रचण्डको उक्त भनाइको राजावादी नेताहरुले चर्को विरोध गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर