पूर्वराजालाई पनि सरकारले सुरक्षाबाहेक केही सुविधा दिँदैन भनेर कानून बनाउनुपर्छ: गगन थापा – Nepal Press

पूर्वराजालाई पनि सरकारले सुरक्षाबाहेक केही सुविधा दिँदैन भनेर कानून बनाउनुपर्छ: गगन थापा

पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानून बनाउन खोजेर सरकारले नदुःखेको टाउको दुःखाउन खोजेको टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानून अहिले बनाउन खोजेर सरकारले नदुःखेको टाउको आफैँ दुःखाउन खोजेको टिप्पणी गरेका छन् ।

इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूर्वराजादेखि राष्ट्रपतिसम्मलाई सुरक्षा दिन्छु, तर सेवा दिन्न भनेर सरकारले कानून बनाउनुपर्ने बताए ।

उनको भनाइ जस्ताको तस्तै

पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिने कानून अहिले चाहिने विषय नै होइन । कहीँकतैबाट नदुःखेको टाउको दुःखाएको छ । जनतामा अहिले असन्तुष्टि छ । सरकार सम्हाल्ने हामीले नै हो । केही समयअघि अदालतले मन्त्रिपरिषद्बाट निर्णय गरेर जथाभावी पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वराजालाई पनि सेवा सुविधा दिइरहेका छौँ । अदालतको आदेशमा भनिएको छ- यो तिम्रो प्रोपर्टी होइन । सरकार भनेको सार्वभौम जनताको हो ।

सरकारमा हुनेहरूलाई मन लागेमा पूर्वराजादेखि राष्ट्रपतिलाई यति पैसा दिन्छु भनेर पाउँदैन । अदालतले कानून बनाऊ भनेर आदेश दिएको छ, तर कानून बनाउँदा सेवा सुविधा दिने होइन, नदिने कानून बनाउनपर्छ । पूर्वराजा, पूर्वराष्ट्रपतिलाई म सुरक्षा दिन्छु, सुरक्षा दिनु राज्यको जिम्मेवारी हो । सुरक्षा जति चाहिन्छ, म दिन्छु, तर सुरक्षाबाहेक केही दिन्न । मैलेमात्रै होइन, कुनै प्रधानमन्त्रीलाई लहड चलेर दिन पाउँदैन भनेर बनाउनुपर्‍यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर