जनकपुरधाममा होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको मृत्यु – Nepal Press

जनकपुरधाममा होली खेल्ने क्रममा छुरा प्रहारबाट युवकको मृत्यु

जनकपुरधाम । होली खेल्ने क्रममा विवाद भएपछि छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट जनकपुरधाम उपमहानगरपालिका- २३ बिन्हीका १९ वर्षीय आँसु यादवको मृत्यु भएको हो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले होली खेल्ने क्रममा विवाद हुँदा छुरा प्रहारबाट घाइते यादवको मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार छुरा प्रहार गरेको आरोपमा २१ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका छन् । डीएसपी सिंहले घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर