५ रुपैयाँले घट्यो पेट्रोलको मूल्य

२०८१ चैत २ गते २०:२८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटेको छ । त्यस्तै डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ ।
आज राति १२ बजेदेखि लागु हुनेगरी निगमले मूल्य समायोजन गर्दा यसपटक मूल्य घटेको हो ।
नयाँ मूल्य समायोजनअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर