च्याम्पियन्स लिग खेल्ने नटिंघमको सम्भावना बलियो, कमजोर भयो सिटी


हेटौँडा । रेलिगेसन जोनमा रहेको इस्विच टाउन विरुद्ध महत्त्वपूर्ण जित निकाल्दैनटिङ्घम फरेस्टले आगामी सिजनको च्याम्पियन्स लिग खेल्ने आफ्नो सपनालाई थप मजबुत बनाउँदा प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी भने ब्राइटनसँग बराबरी खेल्दै च्याम्पियन्स लिग खेल्न पनि संघर्ष गर्नुपर्ने अवस्थामा पुगेको छ ।
गए राती भएको खेलमा इस्विचमाथि ४–२ को जित हासिल गर्दै नटिंघमलेअर्को सिजन च्याम्पियन्स लिग फुटबल जित्ने आशालाई बढायो । जसले नटिंघमको तेस्रो स्थान थप मजबुत बन्न पुगेको छ । उसले चौथो स्थानको चेल्सी भन्दा स्पष्ट पाँच अंक र पाँचौँ स्थानको सिटीभन्दा ६ अंकको अग्रता हासिल गरेको छ ।
यता सिटीले ब्राइटनसँगको बराबरीपछि ४८ अंक जोडेको छ । उसले २९ खेल खेलेको छ । सिटी भन्दा एक खेल कम खेलेको न्युक्यासल युनाईटेडको ४७ अंक छ । यदि उसले आगामी २९ औँ खेलमा जित हासिल गरेमा सिटी छैटौँ स्थानमा धकेलिने निश्चित छ ।
इपिएलमा आज एउटा महत्त्वपूर्ण खेल हुनेछ । आज हुने खेलमा दोस्रो स्थानको आर्सनलले चौथो स्थानको चेल्सीसँग खेल्दैछ । यो नतिजाले पनि च्याम्पियन्स लिग खेल्ने टीमहरुको अंकमा उलटफेर नहुने भए पनि स्थान मजबुतीमा भने अर्थ राख्नेछ ।
छैटौँ स्थानमा रहेको न्युक्यासलले आजै प्रिमियर लिगको लिग लिडर लिभरपुलसँग काराबाओ कप फाइनलमा भिड्दै छ । न्युक्यासल जस्तै ब्राइटनको पनि ४७ अंक छ भने बर्नमाउथको पनि त्यो अंक बराबरी गर्ने आशा घरेलु मैदानमा ब्रेन्टफोर्डसँग २–१ ले पराजित भएपछि कमजोर बनेको छ।