४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने, दक्षिण एसियाबाट भुटान, पाकिस्तान र अफगानिस्तान – Nepal Press

४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने, दक्षिण एसियाबाट भुटान, पाकिस्तान र अफगानिस्तान

काठमाडौं । एकपछि अर्को आक्रामक निर्णय गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ४१ देशमाथि यात्रा तथा भिसा प्रतिबन्ध लगाउने भएको छ । रोयटर्सका अनुसार तीमध्ये कतिपय देशमा पूर्ण प्रतिबन्ध लगाइँदैछ भने केहीमा आंशिक ।

अमेरिकाले अफगानिस्तान, उत्तर कोरिया, सिरिया, इरान, क्युवासहितका देशमा आफ्ना नागरिकलाई पूर्ण प्रतिबन्ध लगाएको छ भने ती देशका नागरिकलाई पनि भिसा नदिने नीति लिएको हो । पूर्ण प्रतिबन्ध लगाइएका देशहरूलाई रातो सूचीमा राखिएको छ ।

रातो सूचीमा रहेका अन्य देशमा भुटान, लिबिया, यमेन, सोमालिया, सुडान र भेनेजुयला समेत छन् ।

त्यस्तै यात्रा कडाइ सूचीमा राखिएका देशमा दक्षिण पाकिस्तान, बेलारुस, हाइटी, लाओस,म्यानमार, रुस, सियरालिओन, दक्षिण सुडान, तुर्केमिनिस्तान लगायत छन् । यी देशको भिसा नीतिमा आंशिक निलम्बन गरिएको र यसको असर पर्यटक तथा विद्यार्थी भिसाका साथै आप्रवासी भिसामा पर्ने बताइएको छ ।

केही देशलाई अध्ययनको सूचीमा राखिएको र यो निर्णयलाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पारित गर्न बाँकी रहेको बताइएको छ । न्युयोर्क टाइम्सका अनुसार ११ देशलाई रेड लिस्टमा राखेर भिसा पूर्ण प्रतिबन्ध लगाइँदैछ ।

रेडलिस्टमा दक्षिण एसियाबाट भुटान र अफगानिस्तान परेका छन् । त्यस्तै भिसा कडाइ गरिएका तर पूर्ण प्रतिबन्ध नलगाइने १० देशमा दक्षिण एसियाबाट पाकिस्तान परेको छ । तेस्रो सूचीमा २२ देश छन् जसलाई ६० दिनको लागि कतिपय चासो सम्बोधन गर्नुपर्ने सूचीमा राखिएको छ ।


प्रतिक्रिया

2 thoughts on “४१ देशका नागरिकलाई अमेरिकाले भिसा नदिने, दक्षिण एसियाबाट भुटान, पाकिस्तान र अफगानिस्तान

  1. झन्न नेपाल परेन छ, लु यही हो वली सरकार र गणतन्त्रबादीहरूको उपलब्धी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर